बेलायतमा इलाम समाजको वार्षिक भेटघाट २६ जुलाईमा

SHARE:


लन्डन ९ जुलाई २०२५ । बेलायतमा बसोबास गर्ने इलामेलीहरूको साझा संस्था इलाम सोसाइटी यूकेले आगामी २६ जुलाई २०२५, शनिबारका दिन वार्षिक भेटघाट कार्यक्रम आयोजना गर्ने भएको छ ।
कार्यक्रम एम्पायर हल, अल्डरसटमा दिउँसो १२ देखि साँझ ८ बजेसम्म हुने समाजका महासचिव यम गुरुङले जानकारी दिए । सो अवसरमा इलामेली कलाकारहरूको प्रस्तुति रहनेछ भने विशेष अतिथि कलाकारको समेत सांगीतिक प्रस्तुति समावेश गरिने आयोजकले जनाएको छ ।

कार्यक्रममा इलामेली आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, भाञ्जा–भाञ्जीलगायत सबैलाई सहभागी भई कार्यक्रम भव्य र सफल पार्न अनुरोध गरिएको छ । कार्यक्रममा सहभागी हुन इच्छुकहरूले थप जानकारी चाहिएमा महासचिव यम गुरुङ, उपाध्यक्षहरु धन राई, मीरा गुरुङ र मुख्य संयोजक कृष्णवीर तामाङ तामाङलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

इलाम समाज बेलायतका अनुसार कार्यक्रमको उद्देश्य बेलायतमा रहेका इलामेलीहरूबीच आपसी भेटघाट, भाइचारा र सांस्कृतिक सम्बन्ध विस्तार गर्नु हो । समाजले बर्सेनि भेटघाट कार्यक्रम गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!