बागमती प्रदेशका मुख्यमन्त्री तामाङ लन्डन आइपुगे, के के छन् कार्यक्रम ?

SHARE:

लन्डन १० जुलाई २०२५ । नेपालको बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामा (तामाङ) बेलायत आएका छन् । पारिवारिक कामको सिलसिलामा करिब दुई हप्ताको लागि मुख्यमन्त्री तामाङ प्रमुख स्वकीय सचिव छत्रबहादुर लामासहित बिहीबार १० जुलाई २०२५ बिहान लन्डनस्थित हिथ्रो विमानस्थल ओर्लिएका हुन् ।

उनीहरुको स्वागतमा नेपाली जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङ, धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धन पाख्रिन तामाङ, तामाङ समाज यूकेका निवर्तमान अध्यक्ष कुमार तामाङ, धादिङ–नुवाकोट समाज यूकेका क्षेत्रीय प्रतिनिधि देवान तामाङ, इन्जिनियर दावा तामाङलगायत हिथ्रो पुगेका थिए ।

हिथ्रोमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै मुख्यमन्त्री तामाङले आफू छोरीको कन्भोकेसन सेरोमनीका लागि आए पनि नेपाली संघसंस्थाको आयोजनामा हुने कार्यक्रममा सहभागी हुने बताए । उनले आफूहरुको स्वागतका लागि हिथ्रोमा आएका सबैलाई धन्यवाद दिँदै बेलायतमा रहेर नेपाली राजनीति, संस्कार, संस्कृतिको विकास र संरक्षणका लागि भइरहेको प्रयत्नप्रति आभार व्यक्त गरे ।

जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले मुख्यमन्त्री तामाङ पारिवारिक कामका लागि आएपनि संगठनले १९ जुलाईमा उनको स्वागत तथा सम्मान कार्यक्रम राखेको जानकारी गराए । उनले कांग्रेसमा आस्थावान साथीहरुलाई उक्त कार्यक्रममा सहभागी भएर मुख्यमन्त्री तामाङलाई स्वागत सम्मान र भेटघाट गर्न आग्रह गरे । कार्यक्रमको स्थान र समयबारे सामाजिक सञ्जालमार्फत पछि जानकारी दिने उनको भनाइ थियो । मुख्यमन्त्री तामाङ र प्रमुख स्वकीय सचिव लामालाई बेलायतमा स्वागत गर्दै उहाँन बेलायत भ्रमण सुखद् र सफल रहोस् भन्ने शुभकामना दिए ।

धादिङ–नुवाकोट समाज यूकेका अध्यक्ष धन तामाङले यस वर्ष १९ जुलाईमा हुने ‘समर बीबीक्यू भेटघाट धमाका– २०२५’मा मुख्यमन्त्री प्रमुख अतिथिको रुपमा उपस्थित गराउन पाउने भएकोमा खुसी व्यक्त गरे । उनले कार्यक्रम क्रान्सफोर्ड कम्युनिटी कलेज हन्स्लोमा हुने जनाउँदै उपस्थित हुन सबै बेलायतवासी नेपालीलाई अनुरोध गरे ।

कार्यक्रममा स्वर्ण पदक विजेता राष्ट्रिय कुङ्फु खेलाडी सरिना घले विशेष अतिथिको रुपमा उपस्थित हुनेछन् । उनले फुटबल खेल बिहान साढे ८ देखि दिउँसो साढे १ बजेसम्म र सांस्कृतिक कार्यक्रम २ बजेदेखि मध्यरातसम्म हुनेछ । दिउँसो ३ बजे मुख्यमन्त्री तामाङ उपस्थित हुनेछन् ।

कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायिका देवी घर्तीमगर, जिल्लावासी राष्ट्रिय कलाकारद्वय पबित्र गुरुङ र लक्ष्मी खड्का, भर्सटाइल बहुप्रतिभाशाली गायक कुमार योन्जनको विशेष प्रस्तुति रहने अध्यक्ष तामाङले बताएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!