खोटाङ सेवा समाज बेलायतको शनिबार वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम हुँदै, धिरज, सुनितालगायतको प्रस्तुति

SHARE:

बेसिङस्टोक, बेलायत ११ जुलाई २०२५ । खोटाङ सेवा समाज बेलायतले हरेक वर्षझैँ यस वर्ष पनि शनिबार वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम गर्दैछ । बेलायतभरिका खोटाङवासीलाई लक्षित गर्दै समाजले १२ जुलाई २०२५, शनिबार दिन बिहान ११ बजेदेखि कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

कार्यक्रम बेसिङस्टोकस्थित द ब्लू कोट स्कूलमा हुने छ । कार्यक्रममा गायक धिरज राई, गायिका सुनिता दुलालसहित दर्जन कलाकारले प्रस्तुति दिनेछन् ।

समाजले बेलायतमा बसोबास गरिरहेका खोटाङका बाबा–आमा, दाजु–भाइ, दिदी–बहिनी, छोरीचेली र ज्वाइँ–चेलाहरूलाई कार्यक्रममा उपस्थित भई सहभागिता जनाउन अनुरोध गरेको छ ।

खोटाङ सेवा समाज बेलायतका अनुसार, यो कार्यक्रम समुदायबीचको सञ्जाल विस्तार, आपसी भेटघाट र खोटाङप्रतिको अपनत्व झनै मजबुत पार्न उद्देश्यले आयोजना गरिएको हो । सम्पर्क, सहयोग र सहभागितामूलक सांस्कृतिक गतिविधिका माध्यमबाट समाजले प्रवासमा रहेका खोटाङबासीबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!