
लन्डन १४ जुलाई २०२५ । गैरआवासीय नेपाली संघ यूकेको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए यूके)को २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष पदमा चार जनासहित ५५ जनाको उम्मेदवारी परेको छ ।
आइतबार बिहान १० देखि बेलुकी ५ बजेसम्म भएको मनोनयन दर्तामा अध्यक्ष पदका लागि राजेन्द्र पुडासैनी, मनिष खत्री, गोविन्द खरेल र काशीराम भण्डारीले उम्मेदवारी दिएका निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले जानकारी थिए ।
अध्यक्ष
- राजेन्द्र पुडासैनी
- मनिष खत्री
- गोविन्द खरेल
- काशीराम भण्डारी
२ उपाध्यक्ष (खुला)
- पाँच जना
समावेशी महिला उपाध्यक्ष
- एक जना
महासचिव
- दुई जना
२ सचिव
- तीन जना
कोषाध्यक्ष
- एक जना
सहकोषाध्यक्ष
- एक जना
युवा संयोजक
- एक जना
महिला संयोजक
- एक जना
महिला सचिव
- एक जना
स्कटल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष पद
- दुई जना
वेल्सबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष पद
- एक जना
नर्दन आयरल्यान्डबाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष
- एक जना
३ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्य पदमा
- चार जना
१२ कार्यकारी सदस्य
- चौध जना
प्रमुख आयुक्त सिम्खडाका अनुसार स्कटल्यान्ड र वेल्स राज्य समन्वय परिषद्का सम्पूर्ण पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्। आयरल्यान्डमा भने अध्यक्ष पदका लागि मात्र उम्मेदवारी दर्ता भएको छ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको जाँचपछिको प्रारम्भिक नामावली सोमबार दिउँसो ३ बजे प्रकाशित गरिनेछ । त्यसपछि २४ घण्टाभित्र दाबी तथा विरोध पेस गर्न सकिने व्यवस्था गरिएको छ।
एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि २६ जुलाईमा अनलाइन मतदान हुने तय गरिएको छ । निर्वाचनको समुचित सञ्चालनका लागि सिम्खडा नेतृत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ, जसमा श्याम लुइँटेल सदस्य सचिव र राजन खकुराल सदस्य छन् ।






