
लन्डन १६ जुलाई २०२५ । गैरआवासीय नेपाली संघ यूकेको राष्ट्रिय समन्वय परिषद् (एनआरएनए यूके)को २०२५–२०२७ कार्यकालका लागि हुने निर्वाचनअन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएको छ ।
निर्वाचन समितिले बुधबार बिहान उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक गरेको हो । अध्यक्षमा राजेन्द्र पुडासैनी, मनिष खत्री र गोविन्द शर्मा खरेलबीच प्रतिस्पर्धा हुने भएको छ । आइतबार बिहान १० देखि बेलुकी ५ बजेसम्म भएको मनोनयन दर्ता भएको थियो ।
एनआरएनए यूकेको नयाँ नेतृत्वका लागि २६ जुलाईमा अनलाइनमार्फत मतदान हुँदैछ ।







