
लन्डन १८ जुलाई २०२५ । चार भञ्ज्याङ तमु समाज यूकेको ग्रीष्मकालीन वार्षिक भेटघाट कार्यक्रमआउँदो २ अगस्ट २०२५ मा हुने भएको छ ।
वार्षिक भेटघाट कार्यक्रमको लागि प्रमुख अतिथिमा तमु धि युकेका अध्यक्ष जुमकाजी गुरुंग र आमा समूहकी अध्यक्ष कमला गुरुंगलाई आमन्त्रण गरिएको छ
फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा २ अगस्ट शनिबार भेटघाट कार्यक्रम हुने आयोजना गरिने चार भञ्ज्याङ तमु समाज यूकेका निवर्तमान अध्यक्ष वेन कुमार गुरुङले जानकारी दिए । कार्यक्रम दिउँसो १२:३० बजेबाट सुरु हुनेछ ।
कार्यक्रममा विशेष आकर्षणको रूपमा चर्चित कलाकार भूमिका शाह र पवित्र गुरुङको सांगीतिक प्रस्तुति रहने छ । कार्यक्रमको तयारीबारे जानकारी दिँदै समाजका अध्यक्ष दुर्गाबहादुर गुरुङ र उपाध्यक्ष अमर गुरुङले सबै नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई साथ र सहयोग दिन अनुरोध गरेका छन् ।






