
फ्रम बहादुर दुरा – बेलायत
सुक्रवार १८ जुलाई २०२५ – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युकेले आयोजना गरेको डिनर नाइटबाट £११ हजार ३६५ संकलन भएको नेफिन युकेका महासचिब फ्रम बहादुर दुराले जानकारी दिएका छन् ।उक्त डिनर नाइटमा ५ हजार खर्च भएको छ । डिनर नाइट आइतवार ६ जुलाई २०२५ का दिन बेलायतको अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको थियो।
डिनर नाइटबाट संकलन गरेको रकम बिहिवार १७ जुलाई २०२५ का दिन पत्रकार सम्मेलनमार्फत सार्वजानिक गरेको हो। पत्रकार सम्मेलन बेलायतको अल्डरसटस्थित De’Lounge Restaurant मा सम्पन्न भएको थियो।
सम्मेलनमा नेफिन युकेले आयोजना गर्न लागेको “आदिवासी मेला” को वारेमा ब्यापक छलफल भएको छ। “आदिवासी मेला” आगामी अगष्ट महिनाको ९ र १० मा आयोजना गर्ने भएको छ।
नेफिन युकेका अध्यक्ष मेजर योगेश राईले अध्यक्षता गरेको कार्यक्रमलाई महासचिब फ्रम बहादुर दुराले संचालन गरेका छन्।






