बढुवा भएपछि नेपाली दूतावास लन्डनका प्रथम सचिव र तृतीय सचिव स्वदेश फर्किए

SHARE:

लन्डन १९ जुलाई २०२५ । बढुवा भएपछि नेपाली दूतावास लन्डनका प्रथम सचिव उद्धव न्यौपाने र तृतीय सचिव वीरकुमार राय नेपाल फर्किएका छन् । न्यौपाने परराष्ट्र सेवाको राजपत्राङ्कित द्वितीय श्रेणी उपसचिव पदमा र राय शाखा अधिकृतमा बढुवा भएका हुन् । उनीहरु झन्डै १० महिनाअघि लन्डनस्थित दूतावासमा जिम्मेवारी सम्हाल्न आइपुगेका थिए ।

लन्डन आएका कूटनीतिक कर्मचारीको कार्यकाल सामान्यतया ४ वर्ष हुने भए पनि बढुवापछि उनीहरु छिट्टै नेपाल फर्किएका हुन् । न्यौपाने र रायलाई मायाको चिनोसहित राजदूत चन्द्रकुमार घिमिरेले बिदाइ गर्दै थप प्रगतिको शुभकामना दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!