बेलायतमा शिव मन्दिर अल्डरसटले आगामी ६ सेप्टेम्बरमा सांगीतिक च्यारिटी डिनर कार्यक्रम गर्ने

SHARE:

अल्डरसट १९ जुलाई २०२५ । बेलायतमा रहेका नेपाली समुदायका लागि एक महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक अभियानको रुपमा शिव मन्दिर अल्डरसटले विशेष सांगीतिक च्यारिटी डिनर कार्यक्रम गर्ने भएको छ ।

छिमेकी घर किन्दा लागेको बैंकको ऋण घटाउने तथा मन्दिरका दैनिक गतिविधि चुस्त-दुरुस्त बनाएर दीगो रुपमा सञ्चालन गर्नका लागि आवश्यक रकम संकलन गर्ने उद्देश्यले च्यारिटी डिनर गर्न लागिएको मन्दिरका अध्यक्ष विक्रम भट्टराईले जानकारी दिए । कार्यक्रम सेप्टेम्बर ६ तारिख साँझ ठीक १७:३० बजे सुरु भई राति १०:३० बजेसम्म प्रिन्सेस हल अल्डरसटमा हुनेछ ।

कार्यक्रममा ९० को दशकका चर्चित गीतहरुमध्येको “भुलु भुलु लाग्यो मलाई”का गीतकार तथा संगीतकार विक्रम गुरुङले बेलायतमा पहिलोपटक लाइभ कन्सर्ट गर्नेछन् । साथै, “तिम्रो हाम्रो मनको दूरी बडे जस्तो छ”का गायक तथा बादलुको घुम्टोले ईलाम बजार छोपिंदा…” का संगीतकार दिनेश सुब्बा र “छेक्यो छेक्यो देउराली डाँडा, हुस्सु र कुहिरोले” तथा “आँखैमा झलझली हितैको दौंतरी” जस्ता सुमधुर गीतका गायक रविन श्रेष्ठ पनि कार्यक्रमको मुख्य आकर्षण हुने अध्यक्ष भट्टराईले जानकारी दिए ।

साथै निक्कै लामो समयदेखि नेपाल, हङकङ हुँदै अहिले बेलायतमा पनि संगीतलाई निरन्तरता र योगदान दिइरहेका वरिष्ठ कलाकार दिनेश सुब्बाको उपस्थितिले पनि आयोजक तथा उनका प्रशंसकहरु उत्साहित हुने आयोजकको अपेक्षा छ ।

कार्यक्रममा बेलायतका स्थानीय कलाकार सनिता थेबे, सन्तोष गुरुङ, सुनिता हिराचन र क्याप्टेन वीरबहादुर थापा लगायतको सांगीतिक समूहले दमदार लाईभ प्रस्तुति दिनेछन् । नेपालबाट आएकी ख्यातिप्राप्त नृत्य कलाकार आरुषी मगरको प्रस्तुतिले भने प्रिन्सेस हललाई रौनकपूर्ण बनाउने अपेक्षा गरिएको छ।

दुई भागमा हुने कार्यक्रमको पहिलो भागमा अतिथिहरूलाई स्वागत, केही मन्तव्य र प्रमुख अतिथि स्थानीय मेयर, विशेष अतिथि नेपाली राजदूत तथा स्थानीय सांसद अलेक्स बेकरद्वारा शिव मन्दिर अल्डरसटको पहिलो स्मारिका “शिव दर्शन २०२५”को अनावरण गर्नेछन् ।

दोस्रो भागमा – सांगीतिक प्रस्तुति, स्वादिष्ट साकाहारी भोजन (विभिन्न स्वयंसेवकहरूको प्रायोजनमा) र राफल ड्र को समेत व्यवस्था गरिनेछ । कार्यक्रममा कम्तीमा ५०० दर्शक उपस्थिति हुने अपेक्षा गरिएको शिव मन्दिर अल्डरसटकी महासचिव सुष्मा गुरुङले बताइन् । उनका अनुसार, यस कार्यक्रमबाट कम्तीमा ५० हजार पाउन्ड संकलन गर्ने लक्ष्य छ ।

हालैदेखि नै टाढाटाढाबाट टिकटका लागि इन्क्वायरी सुरु भइसकेको र इच्छुक महानुभावले बेलैमा आफ्नो र परिवारका लागि सीट सुरक्षित गर्न आयोजकहरूले अनुरोध गरेका छन् । टिकट शुल्क ५० पाउन्ड रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!