लन्डन २० जुलाई २०२५ । राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता समाज (पानस) बेलायतले आफ्नो वार्षिक साधारणसभा विशेष कार्यक्रमसहित यही २७ जुलाई २०२५, आइतबार का दिन आयोजना गर्ने भएको छ ।
राप्रपाका केन्द्रीय सदस्य एसके श्रेष्ठ र डा. डेबिड थापाको विशेष उपस्थिति फानबोरोस्थित बीजीडब्लुएस भवनमा कार्यक्रम हुने छ । कार्यक्रम बिहान ११:३० बजे सुरु भई साँझ ८:०० बजेसम्म चल्नेछ ।
पानस बेलायतका महासचिव रमेश शाहीका अनुसार, साधारणसभा मात्र नभई, पार्टी प्रवेश, बीबीक्यु भोज र विविध सांस्कृतिक प्रस्तुतिसमेत हुनेछन् । कार्यक्रममा बेलायत आएका गायिका सहिमा श्रेष्ठ, डान्सर आरुषि मगरले प्रस्तुति दिने छन् ।
समाजले सम्पूर्ण राष्ट्रवादी, देशभक्त, शुभेच्छुक र राप्रपामा आबद्ध मित्रहरूलाई कार्यक्रममा सहभागी भइदिन आह्वान गरेको छ ।






