विभिन्न कार्यक्रमसहित किरात याक्थुङ चुम्लुङ युकेले मनायो सिसेक्पा तङ्नाम

SHARE:

नगेन्द्रराज नेम्बाङ
लन्डन २० जुलाई २०२५ । किरात याक्थुङ चुम्लुङ युकेले विभिन्न कार्यक्रमसहित लिम्बुहरुको महान् चाड सिसेक्पा तङ्नाम मनाएको छ ।

याल्डिङ मेडेस्टोन केन्टमा शनिबार १९ जुलाई २०२५मा अध्यक्ष कमला सेन्दाङ लिम्बुको अध्यक्षता र जर्मनीका लागि पूर्वराजदुत डा. नवल किशोर राईको प्रमुख आतिथ्यतामा सिसेक्पा तङ्नाम मनाइएको हो । कार्यक्रम नेपाल र बेलायतको राष्ट्रिय गान बजाउँदै प्रमुख अतिथि राई र अध्यक्ष लिम्बुले पानसमा दिप प्रज्वलन गरेर उद्घाटन गरे ।

कार्यक्रममा यलम्बरहाङ अवार्ड जीवन प्यारा मादेनलाई, आर्टिस् अफ द इयर नेम खापुङलाई र चुम्लुङ अवार्ड रत्न लाबुङलाई प्रदान गरिएको थियो । चुम्लुङ युकेलाई आर्थिक, भौतिक, बौद्धिकलगायत विभिन्न कोणबाट सहयोग गर्ने व्यक्तिहरुलाई सिसेक्पा तङ्नामको अवसरमा प्रत्येक वर्ष ती अवार्डहरु प्रदान गरिन्छ । त्यसैगरी लिम्बु समुदायका शैक्षिक क्षेत्रमा मास्टर्स, ग्र्याजुएसन गर्ने विद्यार्थीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो ।

लिम्बुहरुको संस्कृतिमा आधारित लोकप्रिय यालाङ (धाननाच) र केलाङ (च्याब्रुङ नाच)को शाखा शाखाबीच बेजोड प्रस्तुतिका साथ प्रतिस्पर्धा गराइएको थियो । प्रतिस्पर्धामा गत सालको च्याम्पियन ग्रेटर लन्डन सिनियर शाखाले यो वर्ष पनि सात वटा समूहलाई पछि पार्दै च्याम्पियन हुन सफल भयो । थोरक ग्रेज शाखा फस्ट रनरअप र च्याब्रुङ समूह रिडिङ वर्कसायर सेकेन्ड रनरअप बने । विजेता र उपविजेता समूहलाई नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।

यालाङमा प्रथम स्थान ग्रेटर लन्डन शाखाले ओगट्यो भने आस्फोर्ड शाखा फस्ट रनरअप र रिडिङ वर्कसायर सेकेन्ड रनरअप भए ।

औपचारिक कार्यक्रममा प्रमुख अथिति राई र अध्यक्ष लिम्बुले सिसेक्पा तङ्नामको शुभकामना मन्तव्य राखेका थिए । मनोरन्जनात्मक कार्यक्रममा नेपालबाट आएका कलाकारहरु गायक दिपक लिम्बु, गायक धनबहादुर लिम्बुले नेपाली गीत र गायिका निरन्ता नेम्बाङले पालाम गाएर माहोल तताएका थिए । मोडेल एवं डान्सर रेखा लिम्बु वनेम फागो, स्थानीय कलाकारहरु आशा चोङ्बाङ लिम्बु, डिना राई, नुमा तेयुङ, क्यारोल माबो, नामओती आङ्बुहाङ जेसी तुम्बाहाङ्फेले नृत्य प्रस्तुत गरी उपस्थित महानुभावहरुलाई भरपुर मनोरन्जन दिलाएका थिए ।

कमला लिम्बुको अध्यक्षतामा सम्पन्न सिसेक्पा तङ्नाममा सुरक्षा तथा सेफ्टी ब्रिफ उपाध्यक्ष सन्त हुक्पा चोङ्बाङले र स्वागत मन्तव्य उपाध्यक्ष राजेन्द्र लाबुङले राखेका थिए । औपचारिक कार्यक्रम महासचिव महेश वनेमले सन्चालन गरेका थिए भने यालाङ केलाङ प्रतियोगिता र मनोरन्जनात्मक कार्यक्रम उपाध्यक्ष सानु सुब्बाले सन्चालन गरेकी थिइन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!