संस्थाको गरिमालाई आँच पुर्‍याउने गतिविधि नगर्न नेपाल पत्रकार महासंघ यूकेको चेतावनी [विज्ञप्ति]

SHARE:

लन्डन २१ जुलाई २०२५ । नेपाल पत्रकार महासंघ यूके (एफएनजे यूके)ले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ शीर्षक राखेर सम्प्रेषण भएका समाचारहरुप्रति गम्भीर आपत्ति जनाएको छ ।

अध्यक्ष बिमला सेने र महासचिव खेमराज रानाभाटले आइतबार विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ यूकेको पूर्वअध्यक्ष भन्दै विपिन निरौलाले पठाएको भनिएको इमेलका आधारमा प्रकाशित समाचार भ्रामक, निराधार, कपोलकल्पित र तथ्यहीन रहेको जनाएका छन् ।

‘आफूलाई पत्रकार महासंघ बेलायत शाखाको अध्यक्ष भन्दै हिँड्ने विपिन निरौला पत्रकार महासंघ बेलायत शाखाको हालसम्म अध्यक्ष नभएको समेत स्पष्ट पार्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ, ‘साथै नेपाल पत्रकार महासंघको गरिमालाई आँच पुर्‍याउने यस्ता कुनै पनि गतिविधि नगर्न निरौलालाई चेतावनी दिन चाहन्छौं ।’

बेलायत शाखाले आफ्नो स्थापना दिवसका सन्दर्भमा हालसम्म औपचारिक रुपमा कसैलाई पनि निमन्त्रणा नगरेको विज्ञप्तिमा प्रष्टयाइएको छ । समाचार प्रकाशन गर्नुअघि सम्बन्धित शाखासँग आधिकारिक प्रतिक्रिया लिनुपर्ने सामान्य धर्मसमेत निर्वाह नगरी केही मिडियाबाट समाचार प्रकाशन हुनुले सिङ्गो पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्नचिह्न खडा भएको समेत जनाइएको छ ।

साथै सस्तो लोकप्रियताकै लागि पेशागत धर्म समेत बिर्सेर अतिरन्जित समाचार प्रकाशन नगर्न सम्बन्धित सञ्चारकर्मीहरुलाई आग्रह पनि गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!