लमजुङ समाज यूकेको समर बीबीक्यु पार्टी सम्पन्न, जुना र आश्रमको बेजोड प्रस्तुति

SHARE:

परशुराम गुरुङ – बेलायत।

शनिबार १९ जुलाई २०२५ का दिन कलिङवुड कलेज कम्बर्लीमा सांगीतिक प्रस्तुतिसहित कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम अध्यक्ष पूर्णराज गुरुङ, बरिष्ठ लामा गुरु खेन्पो शेरजंग गुरुङ, संस्थापक अध्यक्ष चन्द्र गुरुङ, नेपाल भूपू. सैनिक संघका अध्यक्ष गर्ज बहादुर गुरुङ, कार्यक्रम संयोजक तथा वरिष्ठ उपाध्यक्ष परशु गुरुङ, आमा अध्यक्ष तारा गुरुङले पानसमा दीप प्रज्वलन गरी कार्यक्रम उद्घाटन गरेका थिए ।

कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकार जुना श्रीष मगर र आश्रय गुरुङले बेजोड प्रस्तुति राखेका थिए । साथै, महिलाहरूको समूह नृत्य, खेलकुदलगायत क्रियाकलाप भए भने विभिन्न सम्मानका कार्यक्रम पनि भएका थिए । सांस्कृतिक कार्यक्रमको संयोजन उपाध्यक्ष परशु गुरुङले गरेका थिए ।

अध्यक्ष पूर्णराज गुरुङले वार्षिक कार्यक्रमलाई सफल बनाउन खटिएका कार्यक्रम संयोजक, समर्पित आयोजक टिम, विशेष अतिथि, अनवरत स्वयंसेवक, उदार योगदानकर्ता, प्रतिभाशाली कलाकार र प्रत्येक उपस्थित सबैप्रति धन्यवाद व्यक्त गरे । उनले कार्यक्रमका क्रममा कुनै कमी वा असुविधा भएको भए संस्थाको तर्फबाट क्षमाप्रार्थी समेत गरेका छन् ।

सन् २००७ सालमा स्थापना भएको लमजुङ समाज यूकेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ।

संस्थाको वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक परशु गुरुङले स्वागत मन्तव्य राख्दै कार्यक्रमको लागि सहयोग गर्नुहुने सम्पूर्ण स्पोन्सर दाताहरु र अन्य कार्यमा सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यबाद दिएका थिए ।

कार्यक्रम दिनको १२ बजेबाट शुरु भएको कार्यक्रम राती ११ बजे सम्पन्न भएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!