यस्ता छन् एनआरएनए यूकेको अध्यक्षका उम्मेदवार मनिष खत्रीको एजेन्डा

SHARE:


लन्डन २४ जुलाई २०२५ । एनआरएनए यूकेको आगामी अध्यक्ष पदका तीन उम्मेदवारमध्येका मनिष खत्रीले एनआरएनएलाई समावेशी नेतृत्व, संस्थागत एकता र युवा पुस्तालाई जोड्ने आफ्नो एजेन्डा रहेको बताएका छन् ।

आफू स्वतन्त्र उम्मेदवार भएको बताउने खत्रीले ‘सुपर एप’ विकास गरेर विद्यार्थी, श्रमिकलगायत आम नेपालीको सेवा गर्ने, नेपाली भाषा, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने तथा संस्थामा पारदर्शिता सुनिश्चित गर्नेसमेत प्रतिबद्धता जनाए ।

एक अनलाइनसँग कुरा गर्दै मनिषले वंशजको नेपाली नागरिकता अभियान, गोर्खाजका अधिकार, बेलायतका स्कुलमा नेपाली भाषा कक्षा, नेपालको पहिचान जोगाउन र नेपाली खाना एवं पर्यटनलाई अन्तर्राष्ट्रिय प्रचार प्रसार, मातृभूमिको समृद्धिमा पहल आफ्नो नेतृत्व लाग्ने प्रतिबद्धता पनि व्यक्त गरे । स्कटल्यान्ड राज्य परिषद् र एनसीसी उपाध्यक्षको जिम्मेवारी सम्हालेका खत्री पेशाले सफ्टवेयर इन्जिनियर हुन् । उपाध्यक्ष छँदा आइसीसीका विवाद र आन्तरिक झगडा बाबजुद धेरै काम गरेको उनले स्मरण गरे ।

एनआरएनए यूकेको निर्वाचन यही जुलाई २६, शनिबार अनलाइनमार्फत हुँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!