लन्डन २५ जुलाई २०२५ । बेलायतको अल्डरसटमा आगामी २५ अगस्ट २०२५ मा कस्ट अफ लिभिङ क्राइसिस ओर्कसप हुने भएको छ ।
माउस टेल वेब सेर्विसेस र क्यान इन्टरनेसनलको सहकार्यमा अल्डरसटमा ओर्कसप आयोजना गर्न लागिएको हो । कस्ट अफ लिभिङ क्राइसिस कार्यक्रम बिहान ११ देखि २ बजेसम्म डि लाउन्ज रेस्टुरेन्ट अल्डरसटमा हुने छ ।
यी संस्थाहरुले यसअघि दुई महिने ताइची वेलनेस सञ्चालन गरेको थियो । ताईची युनिओन अफ ग्रेट ब्रिटेनका ताईची इन्स्ट्रक्टर मेम्बर तथा सनराइज ताईचीका निर्देशक तथा ताईची इन्स्ट्रक्टर मान गुरुङले प्रशिक्षण दिएका थिए भने डा बलराम ढकालले कोस ल्याउनमा मद्दत गरेका थिए ।
उक्त प्रशिक्षणबाट विद्यार्थीमा सुगर सन्तुलन, हात खुट्टा चलाउन, निद्रा लाग्न, इनर्जी बढ्नलगायतमा मद्दत पुगेको प्रतिक्रिया आएको प्रशिक्षक मान गुरुङले बताए ।






