लन्डन २५ जुलाई २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचन समिति २०२५–२०२७ ले सन् २०२५ मा हुने एनआरएनए अन्तर्राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्न इच्छुकले आवेदन दिन आग्रह गरेको छ ।
प्रमुख आयुक्त रामशरण सिमखडा र सदस्य सचिव श्याम लुइँटेलले शुक्रबार सूचना जारी गर्दै पञ्जिकृत सदस्यहरुले आउँदो अगस्ट ३ साँझ ५ बजेभित्र आवेदन दिन आग्रह गरेका हुन् ।
‘गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् यूके निर्वाचनअन्तर्गत अन्तराष्ट्रिय महाधिवेशनमा भाग लिन विधानत: योग्य ९०% व्यक्तिहरु (डेलिगेट्स) चयन गर्नु पनि निर्वाचन समितिको कार्याक्षेत्र रहेकोले गैरआवासीय नेपाली संघ अन्तर्राषिट्रीय समन्वय परिषदको विधान २००३ (संशोधन २०२२) को परिच्छेद ५ धारा १३.७, उपधारा क, अनुसुची ६ (क) एवं “महाधिवेशन प्रतिनिधि व्यवस्थापन नियामावली” अनुसार ईच्छुक पंजिकृत सदस्यहरुबाट डेलिगेट्सको लागी आवेदन आह्वान गरिन्छ,’ सूचनामा भनिएको छ,’तपाईंको आवेदन मिति ३ अगष्ट २०२५ साँझ ५ बजेभित्र आइसक्नु पर्नेछ ।’







