एनआरएनए यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी, अरु को-को निर्वाचित भए [मतसहित]

SHARE:

लन्डन २६ जुलाई २०२५ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको अध्यक्षमा राजेन्द्र पुडासैनी निर्वाचित भएका छन् । उनी अध्यक्षका अन्य दुई प्रतिस्पर्धी गोविन्द शर्मा खरेल र मनिष खत्रीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार पुडासैनीले १४ सय ८२ मत प्राप्त गरे भने खरेलले ९ सय ७७ र खत्रीले ४ सय ९६ मत पाए । पुडासैनी नुवाकोटको साविक जिलिङ गाउँपालिका २ (हाल बेलकोटगडी नगरपालिका ८ का स्थायी बासिन्दा) हुन् ।

खुला उपाध्यक्षमा
उज्ज्वल कार्की = १८८४ (निर्वाचित)
डा रक्षा थापा = १७२७ (निर्वाचित)
शम्भू अर्याल = ११९६
ज्ञानेन्द्र आले = ९६१

स्कटल्यान्डबाट उपाध्यक्षमा
रामप्रसाद कँडेल = १६०८ (निर्वाचित)
शशी कार्की = ११७४

महासचिवमा
दिवाकर पाण्डे = १६६० (निर्वाचित)
पुण्य रेग्मी = १२०१

खुला सचिव
कृष्ण देवकोटा २३०९= (निर्वाचित)
डिएन खराल १८७९= (निर्वाचित)
भूपाल कार्की = १३५६

आईसीसी सदस्यमा
विष्णु खरेल=२३२५(निर्वाचित)
तुंगभद्र भुसाल=२२०७(निर्वाचित)
छविलाल अर्याल = २०१५(निर्वाचित)
देउमान इजम = १८५३

इंग्ल्यान्ड राज्य परिषद् अध्यक्ष
राममाया विष्ट थापा = १०६९ (निर्वाचित)
अहिल्या कुँवर = ३४४

एनआरएनए यूकेमा ३५ सय १ मतदाता रहेकोमा ३ हजार १२ मत मसेको थियो । यो पटकको मतदान ८६ प्रतिशत रहेको निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिमखडाले जानकारी दिए । निर्वाचन परिणाम घोषणाका क्रममा निर्वाचन कमिटीका पदाधिकारी तथा सदस्य, निवर्तमान अध्यक्ष हित काजीगुरुङ, केन्द्रीय प्रतिनिधि, अध्यक्ष पदका प्रत्यासीका प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति थियो ।

एनआरएनए यूकेको आइतबार एम्पायर हलमा नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनियताको शपथग्रहण कार्यक्रम हुनेछ । बेलायतमा हित काजी गुरुङ नेतृत्वको एनआरएनए यूकेको नयाँ कार्यसमितिका लागि शनिबार चुनाव भएको हो । यसअघि नै प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूके निर्वाचन गरेर विभिन्न गतिविधि गर्दै आएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!