लन्डन २८ जुलाई २०२५ । राजेन्द्र पुडासैनी नेतृत्वको एनआरएनए यूकेको प्रवक्तामा श्याम लुइँटेल मनोनीत भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पुडासैनीको अध्यक्षतामा आइतबार बसेको बैठकले एनआरएनए यूकेको प्रवक्तामा लुइँटेललाई मनोनीत गर्ने निर्णय गरेको हो । लुइँटेल नेपाल पत्रकार महासंघ, बेलायत शाखाका पूर्ववरिष्ठ उपाध्यक्ष हुन् । उनी विगत २० वर्षदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन्।
२६ जुलाईमा भएको एनआरएनए यूकेको अधिवेशनबाट पुडासैनी नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
बेलायतमा प्रेम गाहामगर नेतृत्वमा पनि अर्को एनआरएनए क्रियाशील रहेको छ ।






