
लन्डन ३० जुलाई २०२५ । ग्रेटर रश्मुर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको रिक्त पदहरुमा पदपूर्ति गरिएको छ ।
जीआरएनसीको कार्यालयमा २७ जुलाईमा बसेको चौमासिक बैठकले उपाध्यक्षमा अनिता राई, कोषाध्यक्षमा भाइराजा थापा र सदस्यमा थानकुमान नाल्बोलाई नियुक्त गर्ने निर्ण गरेको हो ।
यस्तै बैठकमा नयाँ कार्यसमितिका सदस्य, ट्रस्टी तथा सल्लाहकारहरूलाई स्वागत गरिएको थियो । संस्थापक अध्यक्ष राजकुमार सुब्बा, पूर्वअध्यक्षहरू मेजर टिकेन्द्र दल देवान जेपी, रामधन राई, ओम थापा काउचा जिप बेल्वासे तथा नयाँ समितिका सदस्यहरूलाई स्वागत गरिएको थियो ।
नेपाली नयाँ वर्ष र भिक्टोरिया डेको बारेमा उपाध्यक्ष डा. विशाल गुरुङले जानकारी गराएका थिए । संस्थाका विभिन्न गतिविधि, नेपाली र नृत्य कक्षाहरूको अपडेट गराइएको थियो। संस्थाका आगामी योजना तथा कार्यक्रमबारे पनि जानकारी गराइयो । बैठकमा ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो । बैठकले कार्यसमितिको विभिन्न रिक्त पदमा नियुक्त पनि गरेको छ।
च्यारिटीको कन्स्टिच्युसन र सीआईओ ड्राफ्ट प्रक्रियामा रहेको छ। कोषाध्यक्ष मिलन रोकाले अहिलेसम्मको आयव्यय प्रस्तुत गरेका थिए । प्रोजेक्ट मेनेजर असिस्टेन्ट सञ्जय राईले वेबसाइटको बारेमा जानकारी गराएका थिए । सो अवसरमा नयाँ वेबसाइट सुरु गरियो ।
अध्यक्ष लिला सेलिङ माबोको अध्यक्षतामा बसेको बैठक महासचिव सुनिल रानाले स्वास्थ्य र सुरक्षाबारे जानकारी गराउँदै सञ्चालन गरेका थिए । अन्त्यमा अध्यक्ष माबोले उपस्थित सबैलाई धन्यवाद दिँदै बैठक समापन गरेकी थिइन् ।






