राप्ती समाज यूकेको अध्यक्षमा चन्द्रबहादुर शाही चयन

SHARE:


लन्डन ३० जुलाई २०२५ । राप्ती समाज यूकेको अध्यक्षमा चन्द्रबहादुर शाही चयन भएका छन् ।

हालै सम्पन्न निर्वाचनबाट शाहीको नेतृत्वमा १०औं कार्यसमिति चयन भएको हो । कार्यसमिति उपाध्यक्षमा कृष्णा घर्ती मगर र कमलबहादुर पुन मगरले जिम्मेवारी सम्हाल्ने भएका छन् । सचिवको भूमिकामा दीपक बुढा मगर र कोषाध्यक्षको रूपमा नन्दबहादुर क्षेत्री चयन भएका छन् । सहसचिवमा भीम पुन मगर, सह–कोषाध्यक्षमा पवित्र केसी रहेका छन् ।

सदस्यहरूमा सूर्यबहादुर बुढा मगर, जयबहादुर घर्ती मगर, हुमा थापा मगर, शालिकराम पुन मगर, लालु बुढा मगर, कमलसिंह ठकुरी, माला घर्ती (बुढा) मगर, ओम बुढा मगर, राजकुमार बुढा मगर, मानबहादुर थापा मगर, तिलक पुन मगर र तारा घर्ती मगर छन् ।

युवा समूहतर्फ हिमाल गुरुङ, नितिका बुढा मगर, कञ्चन रोका मगर र महेश बुढा मगर सदस्यको रूपमा चयन भएका छन् ।

त्यसैगरी, युनिट प्रतिनिधिका रूपमा रोहित बुढा मगर (१ आरजीआर), खड्क बुढा मगर (२ आरजीआर), शिशिर बुढा मगर (क्युजीई), नरबहादुर घर्ती मगर (क्युजिएस) र प्रतापसिंह ठकुरी (क्युओजिएलआर) रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष शाहीले बेलायतमा रहेका नेपालीहरू विशेषगरी राप्ती क्षेत्रबाट आएका समुदायबीच एकता, सहयोग र साँस्कृतिक प्रवर्द्धनमा अझ सक्रिय भूमिका निर्वाह गर्ने जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!