
लन्डन ३ अगस्ट २०२५ । गोरखाली समाज युकेको वार्षिक भेटघाट तथा बीबीक्यु कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।
फार्नबोरोस्थित सामुयल कोडी स्पोर्ट्स कलेजमा शनिबार २ अगस्ट २०२५ मा गोरखाली समाज युकेका अध्यक्ष हेम गुरुङको अध्यक्षता र नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख विपिन दुवाडीको प्रमुख आतिथ्यतामा भेटघाट तथा बीबीक्यु कार्यक्रम भएको हो । कार्यक्रममा तमुधीं युकेका अध्यक्ष जुमकाजी गुरुङ,तमु धिं युके आमा समूहका अध्यक्ष कमला देवी गुरुङ,लमजुङ समाज युकेका अध्यक्ष पूर्णराज गुरुङ, ईलम पोखरी समाज युकेका अध्यक्ष पर्शु गुरुङ, काउन्सिलर धनबहादुर सार्कीलगायत विभिन्न संघसंस्थाबाट अतिथि उपस्थित थिए ।
कार्यक्रममा नेपालबाट आएका चर्चित लोक तथा दोहोरी गायिका शर्मिला बिसी, गायक आश्रम गुरुङले विभिन्न गीत प्रस्तुत गरेर मनोरन्जन दिलाएका थिए ।
अध्यक्ष हेम गुरुङले कार्यक्रमलाई सफल बनाउनका लागि अहोरात्र खटिने कार्यक्रम संयोजक तथा उपाध्यक्ष ज्ञानेन्द्र आले मगर, कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, पूर्वअध्यक्षहरु, बारमा सहयोग गर्ने बार कोअर्डिनेटर ध्रुव गुरुङलगायत उनको टिम, साउन्ड सिस्टम र डिजेमा साथ दिने दिनेश गुरुङ, र मीठो भोजनको व्यवस्थापन गर्ने माइतीघर क्याटेरिङका सञ्चालक विष्णु गुरुङलगायत उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।
उनले कार्यक्रम सफल भएको दाबी गर्दै टाढाटाढा उपस्थित सबैलाई धन्यवाद दिँदै आगामी दिनहरूमा पनि साथ सहयोग पाइरहने आशा पनि व्यक्त गरेका छन् ।
हेम गुरुङले अध्यक्षता गरेको कार्यक्रममा महिला उपध्यक्ष टक माया गुरुङले स्वागत मन्तब्य दिएका छन् भने महासचिब गौतम गुरुङले संचालन गरेका छन्।

तस्बिर सौजन्य : हेङ गुरुङ






