सनिवार २ अगष्ट २०२५ – बेलायत। एभेरेष्ट आर्चरी कलब युकेद्वारा आयोजित प्रथम एभरेष्ट कप धनुष्वान प्रतियोगितामा म्याग्दीका रन पाईजा मगर Player of the Year बिजयी बने भने तारा रोका मगर 1st Everest Cup बिजयी बनेका छन्। प्रथम एभरेष्ट कप धनुष्वान प्रतियोगिता बेलायतको फ़ार्नबोरोमा सम्पन्न भएको थियो।
उक्त प्रतियोगितामा क्याम्प १, क्याम्प २, क्याम्प ३ र क्याम्प ४ गरि जम्मा ४ समुहमा बिभाजन गरिएको थियो। क्याम्प १ (जेठा) समुहमा तारा रोका मगर, क्याम्प २ (माईला) समुहमा रेशम पुन मगर, क्याम्प ३ (साईला) समुहमा नन्द रोका मगर र क्याम्प ४ (कान्छा) समुहमा म्याग्दी जिल्लाका भुपू माननीय नर बहादुर पुन बनेका छन् बिजयी बनेका छन्।
मिक्स एण्ड म्याच प्रतियोगितामा हर्क पाइजा मगर पहिलो, रन पाइजा मगर दोस्रो र मन्दिप जुग्जाली मगर तेस्रो भएका छन्। इन्टर एरिया प्रतियोगितामा रेडिङ धनुष्वान टिम प्रथम, फ़ार्नबोरो धनुष्वान टिम दोस्रो र अल्डरसट धनुष्वान टिम तेस्रो भएका छन् भने बेल बुढाथोकी मगर टप खोल बिजयी भएका छन्।
इन्टर एरिया प्रतियोगिता व्यक्तिगततर्फ सचिन तिलिजा मगर प्रथम, तेजिन छन्त्याल दोस्रो र रन पाईजा मगर तेस्रो भएका छन्। मगर धनुष्वान प्रतियोगितामा तारा रोका मगर, थकाली वेल्फर सोसाइटी (भूपी शेरचन स्मृति धनुष्वान) प्रतियोगितामा बेल बुराथोकी र Player of the Year 2025 रण बहादुर पाइजा मगर बिजयी बनेका छन्।
त्यस्तै महिलातर्फ उदिमा बुढा, Novice तर्फ अनोथ गर्बुजा, English Archers तर्फ, Field Vergin र Recurve तर्फ राज पुर्जा मगर बिजय भएका छन्।
एभेरेष्ट आर्चरी कलब युकेको अध्यक्ष झलक गर्बुजा मगरले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि मोना युकेका अध्यक्ष पदम सुन्दर गर्बुजा मगरलाई आमन्त्रण गरिएको थियो। स्वागत मन्तब्य संस्थापक कोषाध्यक्ष, पुर्वअध्यक्ष तथा संरक्षक बेल बुराथोकिले स्वागत मन्तब्य दिएका छन् भने सचिब भक्त रोका मगर मिडिया सचिब तुल्चन्द्र तिलिजा मगरले संचालन गरेका थिए।
कार्यक्रममा चर्चित लोक तथा दोहारी गायिका जुना श्रीस र धौलागिरी नौमती वाजाले उपस्थित दर्शकलाई भरपुर मनोरंजन दिएका छन्।






