
लन्डन ५ अगस्ट २०२५ । चार भञ्ज्याङ तमु समाज यूकेको ग्रीष्मकालीन (समर) वार्षिक भेटघाट कार्यक्रम उत्साहजनकरुपमा सम्पन्न भएको छ ।
फार्नबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा शनिबार २ अगस्ट २०२५ मा समाजको सातौं कार्यसमितिका नवनिर्वाचित अध्यक्ष दुर्गाबहादुर गुरुङको अध्यक्षतामा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, समाजका अध्यक्ष दुर्गाबहादुर गुरुङले पानसमा बत्ती बालेर उद्घाटन गरे ।
कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । त्यसक्रममा वेन कुमार गुरुङ नेतृत्वको छैटौं कार्यकाल सम्पन्न भएको उपलक्ष्यमा बधाई तथा सम्मान प्रदान गरिएको थियो ।
दिउँसो १२:३० बजेपछि सुरु भएको कार्यक्रममा चर्चित कलाकार पवित्रा गुरुङलगायतले बेजोड सांगीतिक प्रस्तुति दिएका थिए । ती प्रस्तुतिहरुमा महिला, पुरुषहरु बेजोडले नाचेका थिए ।
कार्यक्रममा चार भञ्ज्याङ तमु समाज यूके सम्बद्ध बेलायतवासी नेपाली दाजुभाइ, दिदीबहिनीहरुसहित विभिन्न संघ संस्थाका अध्यक्ष, प्रतिनिधि, सामाजिक व्यक्तित्व, कलाकार, पत्रकारलगायतको उपस्थिति थियो।








