बेलायतमा किरात याक्थुङ चुम्लुङ वेल्सको सांगीतिक कार्यक्रममा दिपक र निरन्ताको बेजोड प्रस्तुति

SHARE:

वेल्स कुम्ब्रान अगस्ट २०२५ । बेलायतमा गायक दिपक लिम्बू र गायिका निरन्ता नेम्बाङको प्रस्तुतिसहित किरात याक्थुङ चुम्लुङ वेल्स शाखाले सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।

आइतबा३ अगस्टमा किरात याक्थुङ चुम्लुङ वेल्स शाखा अध्यक्ष खड्ग हुक्पा चोङबाङको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपालबाट आएका प्रथम नेपाली तारा गायक दिपक र उदीयमान गायिका निरन्ताको बेजोड प्रस्तुतिसहित सांस्कृतिक कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा गायक दिपकले आफ्नै गीत सिम्पल सिम्पल कान्छी, ढल्क्यो ढल्क्यो जोवन बोलका गीतहरु गाएर दर्शक नचाएका थिए भने गायिका निरन्ता नेम्बाङले अन्दङफुङ पालामलगायत नेपाली गीतहरु नगर है भुल, जुनीभर बसेर, जोडी पन्छी बोलका गीतहरु गाएर वेल्सवासी नेपालीहरुलाई मनोरन्जन दिलाएका थिए ।

गायिका नेम्बाङले लिम्बु पालाम गाएर दर्शकहरुलाई धान नाच्ने अवसर पनि जुराइदिएकी थिइन् । कार्यक्रमको मध्यान्तरमा स्थानय च्याब्रुङ कलाकारहरुले आकर्षक च्याब्रुङ नृत्य पनि प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष दिपक येङ्देन लिम्बुले राखेका थिए । औपचारिक कार्यक्रम थामेन्दिङमा चुम्लुङ वेल्स शाखाका सचिव रोस्नी चेम्जोङ नेम्बाङले सन्चालन गरेका थिए भने सांस्कृतिक कार्यक्रम सचिव सुखिन्द्र मेन्याङ्बोले सन्चालन गरेका थिए ।

अध्यक्ष चोङबाङले कार्यक्रममा कलाकारहरुको सांगीतिक यात्रा सफलताको शुभकामनासहित मायाको चिनो र प्रशंसापत्र प्रदान गरे । साथै उपस्थित अतिथि, सबै दर्शकहरुलाई धन्यवाद र कार्यक्रम तयारीमा खटिने संस्थाका पदाधिकारी, सदस्यसहित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको बिट मारेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!