बेलायतको स्विन्डनमा ‘यात्री मोर्गेज’ उद्घाटन, नेपाली समाज विल्टशायरका पदाधिकारीहरुद्वारा बधाई ज्ञापन

SHARE:

जय तामाङ
स्विन्डन युके ७ अगस्ट २०२५ । बेलायतको स्विन्डनमा ‘यात्री मोर्गेज’ उद्घाटन गरिएको छ ।

नेपाली समाज विल्टशायरका कार्यसमिति तथा सल्लाहकारहरुले सहसचिव कमल गुरुङको स्वामित्वमा सुरु गरिएको यात्री मोर्गेजको ६ अगस्ट २०२५ मा उद्घाटन गरेका छन् ।

स्विन्डनको कमर्सियल रोडस्थित यात्री मोर्गेजको कार्यालयमा नै गएर बधाई दिँदै उद्घाटन गरेको नेपाली समाज विल्टशायरका पूर्वअध्यक्ष तथा वर्तमान सल्लहाकार ज्ञानप्रसाद गुरुङले बताए ।

नेपालीहरुको बाक्लो बस्ति रहेको स्विन्डन वरिपरिका नेपालीहरुलाई मध्यनजर गर्दै यात्री मोर्गेज सुरु गरिएको हो । त्यस क्षेत्रमा नेपालीकै पिपल मोर्गेजले केही समयअघिदेखि सेवा दिइरहेको छ ।

बेलायतका विभिन्न क्षेत्रमा नेपालीहरुले विभिन्न प्रकारका व्यवसायी खोल्ने क्रम बढिरहेको छ । पेसा, व्यवसायमा रहेका नेपालीले घर किनीरहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!