ब्रिटिश गोर्खा भूपू सैनिक संघ यूके (BGNESA UK ) को अधिबेशन ९ अगस्ट २०२५ मा

SHARE:

 ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन (बिजीनेसा) यूकेको चौथो अधिवेशन आगामी ९ अगस्ट २०२५, शनिबारका दिन लन्डनमा आयोजना हुने भएको छ। अधिवेशनका लागि अन्तिम तयारी बैठक ६ अगस्टका दिन सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष तथा हालै गठन गरिएको तदर्थ समितिका संयोजक केश बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त बैठकले अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको औपचारिक जानकारी दिएको छ।

 

उक्त अधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसकी पूर्व सांसद तथा नेपाल भूपू सैनिक संघकी विभागीय प्रमुख महेन्द्र कुमारी लिम्बू केन्द्रीय प्रतिनिधिका रूपमा ७ अगस्टमा लन्डन आइपुगेकी छिन्। त्यसैगरी, नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ यसअघि नै बेलायत आइसकेको जनाइएको छ।

यसअघि सम्पन्न तयारी बैठकले संस्थाका सल्लाहकार ओम गुरुङलाई निर्वाचन आयुक्त तोकेको छ भने रञ्जन मल्ल र शेरबहादुर सुनारलाई निर्वाचन समिति सदस्यको रूपमा चयन गरिएको छ।

अधिवेशन अवधिका व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी उपाध्यक्ष तथा तदर्थ समिति सदस्य डिलबहादुर जिसीलाई दिइएको जानकारी संस्थाका महासचिव तर्कजंग गुरुङले दिएका छन्।

संस्थाका पदाधिकारीहरू, सल्लाहकार समिति सदस्य, जनसम्पर्क समिति बेलायत, क्षेत्रीय समितिहरू, संघ-संस्थाका प्रतिनिधिहरू तथा शुभेच्छुकहरूको बाक्लो सहभागितामा अधिवेशन भव्य रूपमा सम्पन्न हुनेमा संस्था विश्वस्त रहेको जनाइएको छ।

 

कार्यक्रम विवरण

📅 मिति: शनिबार, ९ अगस्ट २०२५

📍 स्थान: Gurkha Capricorn, 4 Lakedale Road, Plumstead, London, SE18 1PP

🕛 समय: दिउँसो १२:०० बजे (उद्घाटन समारोह: १२:३० बजे)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!