ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन यूकेको शनिबार चौथो अधिवेशन

SHARE:


लन्डन ८ अगस्ट २०२५ । ब्रिटिस गोर्खा नेपाल एक्स सर्भिसमेन्स एसोसिएसन (बीजीनेसा) यूकेको शनिबार ९ अगस्ट २०२५ मा हुन लागेको चौथो अधिवेशनको तयारी पूरा भएको जनाएको छ ।

संस्थाका अध्यक्ष तथा हालै गठित तदर्थ समितिका संयोजक केशबहादुर गुरुङको अध्यक्षतामा ६ अगस्टका दिन सम्पन्न बैठकमा अधिवेशनको अन्तिम तयारी पूरा भएको जानकरी गराइएको हो । उक्त अधिवेशनको लागि केन्द्रीय प्रतिनिधिका रुपमा नेपाली कांग्रेसका पूर्वसांसद तथा नेपाल भूपू सैनिक संघका विभागीय प्रमुख महेन्द्रकुमारी लिम्बू ७ अगस्टमा लन्डन आइसकेकी छन् ।

यसअघि सम्पन्न बैठकले संस्थाका सल्लाहकार ओम गुरुङ निर्वाचन आयुक्त र सल्लाहकारद्वय रञ्जन मल्ल र शेरबहादुर सुनार सदस्य रहेको निर्वाचन कमिटी गठन गरेको छ । अधिवेशनकै लागि नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ यसअघि नै बेलायत आइसकेका छन् । बीजीनेसाको अधिवेशन ९ अगस्टमा प्लमस्टिडस्थित गोर्खा कपरिक्रनमा हुनेछ । अधिवेशन दिउँसो १२ देखि सुरु हुनेछ ।

संस्थाका उपाध्यक्ष तथा तदर्थ कमिटी सदस्य डिलबहादुर जिसीलाई अधिवेशन अवधिका लागि प्रमुख व्यवस्थापकीय जिम्मेवारी तोकेको कुरा संस्थाका महासचिव तर्कजंग गुरुङले जानकारी दिए ।

संस्थाको पदाधिकारीहरु सल्लाहकार समितिका सदस्यहरु जनसम्पर्क समिति बेलायतका प्रतिनिधिलगायत विभिन्न क्षेत्रीय प्रतिनिधि तथा दर्जनौ संघ संस्थाका प्रतिनिधि र शुभेच्छुकहरूको बाक्लो उपस्थितिमा अधिवेशन सम्पन्न हुने आयोजकले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!