उज्यालो अभियानका अभियन्ता कुलमान घिसिङ अगस्ट ११ मा बेलायत आइपुग्ने

SHARE:


लन्डन ९ अगस्ट २०२५ । उज्यालो अभियानका अभियन्ता एवं नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ यही अगस्ट ११ सोमबार बेलायत आइपुग्ने भएका छन् ।

तमुधीं यूकेको विशेष निम्तोमा घिसिङ नेपाली मेलाका लागि अगस्ट ११ तारिखमा बेलायत आइपुग्ने संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले जानकारी दिए । उनले फेसबुकमा लेखेका छन्, ‘बेलायतको पुरानो र सबैको मनमष्तिष्कमा बस्न सफल हामी सबैको साझा नेपाली मेला अब पर्खाइको समय धेरै छैन, साथै तमुधीं यूकेको विशेष निम्तोमा नेपालको उज्यालोको बादशाह कुलमान घिसिङज्यू नेपाली मेलाको लागि यो ११ तारिख बेलायत आइपुग्ने छ ।’

सोमबार बेलुकी मिचेटस्थित तमुधीं भवनमा प्रेस मिटका साथ रात्रिभोजको आयोजना गरिने पनि उनले बताए । तमुधीं यूकेको आयोजना र नेपाली दूतावास लन्डनको आयोजनामा यही अगस्ट २४ मा बेलायतको केम्पर्टपार्कमा १६ औं नेपाली मेला हुँदै छ । मेला तयारीमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, आमा समूहकी अध्यक्ष कमला देवी गुरुङसहितका टिम खटिरहेका छन् ।

मेला संयोजक तमुधीं यूकेका उपाध्यक्ष कमल गुरुङ रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!