बेलायत आइपुगे कुलमान घिसिङ

SHARE:


लन्डन ११ अगस्ट २०२५ । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ लन्डन आइपुगेका छन् । ‘उज्यालो नेपाल’ अभियान लिएर विदेश घुमिरहेका उनी सोमबार बिहान अमेरिकाबाट लन्डन आएका हुन् ।

एनआरएनए यूकेले घिसिङलाई हिथ्रो टर्मिनल २ मा भव्य स्वागत गरेको छ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, आइसीसी सदस्यद्वय विजय गुरुङ र सिरी गुरुङ, संरक्षक भरत रोका क्षेत्री, उपाध्यक्षद्वय तीर्थबहादुर मल्ल (अनिल) र धनबहादुर तामाङ, महासचिव जुरेन्द्र खजुम लिम्बु, सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकारद्वय क्याप्टेन रि. वीर थापा र रत्न राई एवं एनआरएनए आइसीसी सल्लाहकार थर्क सेनले घिसिङलाई स्वागत गरे ।

यस्तै तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङलगायत पनि स्वागतका लागि एयरपोर्ट पुगेका थिए ।

एनआरएनए यूकेले कुलमानसंग आगामी १५ अगष्ट साँझ अल्डरसटस्थित एम्पायर हलमा ‘मिट एन्ड ग्रीट’ गर्ने तयारी गरेको छ । उक्त कार्यक्रममा सहभागी भएर घिसिङसँग अन्तरक्रिया गर्दै ‘अन लिमिटेड थ्री कोर्स मिल’ को स्वादमा रमाउन संघका अध्यक्ष प्रेम गाहा मगरले अपिल गरेका छन् ।

कार्यक्रममा बेलायत नेपाल सम्बन्ध र गोर्खाहरुको योगदान, नयाँ नेपाल निर्माण गर्ने उनको योजना, नेपालीका दु:ख सु:ख आदिबारे पनि अन्तरक्रिया हुने जनाइएको छ ।

सो अवसरमा तामाङ सेलो, खुकुरी डान्स, नौमति बाजा जस्ता प्रस्तुति रहने संघको भनाइ छ । घिसिङले गोर्खा सालिकमा रिथ चढाएपछि उनलाई पाइपर धुनका साथ रेड कार्पेटमा स्वागत गरिने गाहा मगरले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!