
काठमाडौँ १२ अगस्ट २०२५ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले पत्रकारहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ । फोनिजको २६औँ स्थापना दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा १२ जना पत्रकारलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
‘फोनिज युके पत्रकारिता सम्मान २०२५’, आश गुरुङ र ‘फोनिज युके पत्रकारिता पुरस्कार-२०२५’ डोल्मा शेर्पालाई प्रदान गरिएको छ । गुरुङलाई २५ हजार राशि, शेर्पालाई २० हजार राशि र प्रमाणपत्र प्रदान गरिएको हो ।

यस्तै फोनिज राष्ट्रिय पत्रकारिता सम्मान निवर्तमान अध्यक्षसमेत रहेका गजुरधन राई र अमरध्वज लामालाई प्रदान गरिएको छ । यस्तै प्रवास सम्मान मोक्ष गुरुङलाई र फोनिज मातृभाषा सम्मान ‘कोचिला समाद’ राजवंशी त्रैमासिकलाई दिइएको छ ।
फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार सविन प्रियासान (छापा), मुनेस लायो मगर (अनलाइन) र बन्दना दनुवार (रेडियो)लाई प्रदान गरिएको छ ।
यस्तै फोनिज युके, मलेसिया र बागमती समितिबाट आश गुरुङ, डोल्मा शेर्पा, सपना थामी, ज्ञानेन्द्र तामाङ र पूर्णबहादुर मगरलाई फोनिज अवार्ड २०८२ बाट सम्मान गरिएको छ ।
सम्मान तथा पुरस्कार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदान गरेका थिए ।






