कुलमानले भेटे बेलायती सांसद एलेक्स, गोर्खा आर्मीको पेन्सनलगायत विषयमा छलफल

SHARE:


लन्डन १३ अगस्ट २०२५ । बेलायत भ्रमणमा रहेका उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले बेलायती सांसद एलेक्स बेकरसँग भेटवार्ता गरेका छन् । घिसिङले मंगलबार अगस्ट १२ मा सांसद बेकरसँग भेटवार्ता गरेका हुन् ।

भेटमा नेपाल-बेलायत बीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रीन हाईड्रोजन, बेलायती गोर्खा आर्मीको पेन्सनको विषयलगायत विषयमा छलफल भएको घिसिङले जानकारी दिए । ‘अगस्ट १२ मा माननीय एलेक्स बेकर बेलायतको सांसद् एवम् नेपालको लागि सर्वदलीय सांसद ग्रुपको नेता (Leader of All Party Parliamentarian Group -APPG) हुनुहन्छ, सँग भेटघाट भै नेपाल-बेलायत बीचको सम्बन्ध, नेपालको उर्जा क्षेत्र, ग्रीन हाईड्रोजन, जलवायु परिवर्तनले नेपाललाई पुर्‍याएको असर र त्यस सम्बन्धमा विश्वव्यापी रूपमा उठाउनु पर्ने विषय, बेलायती गोर्खा आर्मीको पेन्सनको विषय, नेपालको वर्तमान राजनीतिक अवस्था र उज्यालो नेपाल अभियान तथा यस उद्देश्य सम्बन्धमा सौहार्दपूर्ण छलफल भयो,’ घिसिङले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, ‘उहाँले नेपालको हरेक विषयमा गम्भीर चासो लिनुभई, सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नु भयो ।’

भेटमा नेपाल र बेलायत बीचको द्विपक्षीय जीटुजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार/सचिव मेजर (सेवानिवृत्त)जुदबहादुर गुरूङ र एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ, एलएन पाण्डेको समेत उपस्थिति थियो ।

घिसिङ सोमबार बेलायत आएका हुन् । उनी २४ अगस्टमा हुने १६ औं नेपाली मेलामा समेत विशेष अतिथिको रुपमा सहभागी हुने तमुधीं यूकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!