ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ यूकेको अध्यक्षमा केशबहादुर गुरुङ पुन: चयन

SHARE:

लन्डन १४ अगस्ट २०२५ । ब्रिटिस गोर्खा नेपाल भूतपूर्व सैनिक संघ (बिजिनेसा) यूकेको अध्यक्षमा केशबहादुर गुरुङ पुन: निर्वाचित भएका छन् ।

इस्ट लन्डनस्थित गोर्खा क्याप्रिकन हलमा अगस्ट ९ तारिख २०२५ शनिबार भएको चौथो अधिवेशनअधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षहरुमा दिलबहादुर जीसी,लेखबहादुर गुरुङ, महासचिव तर्कजङ गुरुङ, सचिव लिलादेवी गुरुङ र कोषाध्यक्ष डम्बरबहादुर गुरुङ चुनिएका छन् ।

यस्तै क्षेत्रीय संयोजकहरुमा रामराज मल्ल, कुशबहादुर गुरुङ र भोजबहादुर गुरुङ चयन भए भने जयराम थापा र टंकप्रसाद गुरुङले सदस्यको जिम्मेवारी पाएका छन् ।

निर्वाचन आयुक्त ओमबहादुर गुरुङ र अधिकृत रन्जन मल्ल रहेको निर्वाचन समितिले (२०२५ —२०२९) चार वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति घोषणा गरेका हुन् । निर्वाचन आयुक्तले नयाँ कार्यसमितिलाई शपथग्रहण गराइ प्रमुख अथिति नेपाल भूतपूर्व सैनिक संघका विभागीय प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद महेन्द्रकुमारी लिम्बू, विशेष अतिथि नेपाल भूपू सैनिक संघको केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङबाट प्रमाणपत्र वितरण गरिएको थियो ।

अधिवेशनको पहिलो चरणमा संघको वार्षिक प्रतिवेदनसहित साधरणसभा भएका थियो भने दोस्रो चरणमा निर्वाचनबाट नयाँ कार्यसमिति चयन गरिको थियो । साधारणसभा बिजिनेसाका अध्यक्ष केशबहादुर गुरुङको अध्यक्षता र नेपाल भूतपूर्व सैनिक संघका विभागीय प्रमुख तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यमा भएको थियो ।

प्रमुख अतिथि लिम्बू, विशेष अतिथि नेपाल भूपू सैनिक संघको केन्द्रीय अध्यक्ष गर्जबहादुर गुरुङ र संघका अध्यक्ष केशबहादुर गुरुङले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका थिए । बिजिनेसाका उपाध्यक्ष दिलबहादुर जीसीले स्वागत मन्तव्य राखे भने महासचिव तर्कजङ गुरुङले कार्यक्रम संचालन गरेका थिए ।

सल्लाहकारहरु खुमबहादुर गुरुङ, रोयल ग्रीनविच नेपाली सोसाइटीका अध्यक्ष लिलादेवी गुरुङ, बिजिनेसाका सचिव तथा ग्रीनवीच गोर्खा भूतपूर्व सैनिक संघका अध्यक्ष हरिकुमार मल्ल र सल्लाहकार तनहुँ जिल्ला समाज यूकेका पूर्वअध्यक्ष लेखबहादुर गुरुङले हालसम्म बिजिनेसाले गर्दै आएको काम, गतिविधिहरु र सेवाहरुबारे प्रकाश पार्दै शुभकामना व्यक्त गरेका थिए ।

साधारणसभामा बिजिनेसाका महासचिव तर्कजङ गुरुङले महासचिवको प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!