एनआरएनए यूकेले प्रमुख संरक्षक, प्रमुख सल्लाहकार र सल्लाहकारहरुलाई सम्मान गर्दै

SHARE:

लन्डन १४ अगस्ट २०२५ । एनआरएनए यूकेले प्रमुख संरक्षक, प्रमुख सल्लाहकार र सल्लाहकारहरुलाई शुक्रबार सम्मान गर्ने भएको छ ।

अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार १५ अगस्टमा हुने ‘कुलमान घिसिङसँगको मिट एन्ड ग्रीट’ मा एनआरएनए यूकेका प्रमुख संरक्षक, प्रमुख सल्लाहकार र सल्लाहकारहरुलाई सम्मान गरिन लागेको हो । अध्यक्ष प्रेम गाहामगरले शुक्रबारको कार्यक्रममा संस्थालाई अघि बढाउन निरन्तर साथ र सल्लाह दिने प्रमुख संरक्षक, प्रमुख सल्लाहकार र सल्लाहकारहरुलाई नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको हातबाट प्रमाणपत्रसहित एनआरउनए यूकेले सम्मान गर्न लागेको जानकारी दिए । उनका अनुसार बेलायतमा सक्रिय विभिन्न संघका नेतृत्वहरुलाई समेत सम्मान गरिने कार्यक्रम छ ।

अध्यक्ष गाहामगरले सम्मान गरिने हुँदा सबै सल्लाहकारहरुलाई अनिवार्य उपस्थितिका लागि अनुरोधसमेत गरेका छन् ।

उज्यालो नेपाल अभियानका अभियन्ता घिसिङ ११ अगस्टमा बेलायत आएका हुन् । उनी अहिले यहाँ भेटघाटमा व्यस्त छन् । घिसिङ अमेरिकाबाट सिधै लन्डनको हिथ्रो एयरपोर्ट ओर्लिएका थिए । विमानस्थलमा एनआरएनए यूके अध्यक्ष प्रेम गाहा मगर, आइसीसी सदस्यद्वय विजय गुरुङ र सिरी गुरुङ, संरक्षक भरत रोका क्षेत्री, उपाध्यक्षद्वय तीर्थबहादुर मल्ल (अनिल) र धनबहादुर तामाङ, महासचिव जुरेन्द्र खजुम लिम्बु, सचिव कृष्णप्रसाद खतिवडा, प्रमुख सल्लाहकारद्वय क्याप्टेन रि. वीर थापा र रत्न राई एवं एनआरएनए आइसीसी सल्लाहकार थर्क सेनलगायतले घिसिङलाई स्वागत गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!