बीसीसी युकेद्वारा उज्यालो नेपालका अभियन्ता घिसिङको स्वागत तथा सम्मान

SHARE:

लन्डन १४ अगस्ट २०२५  । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेले उज्यालो नेपाल अभियानका नायक कुलमान घिसिङ्लाई स्वागत तथा सम्मान गरेको छ । बुधबार १३ अगष्टका दिन बीसीसी युकेको अल्डरसटस्थित बौद्ध गुम्बामा बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा, आमा प्रमुख जगना गुरुङ, संस्थापक अध्यक्ष लेप्टन काजी शेर्पालगायत कार्यसमिति, सल्लाहकार, आमाहरु र शुभचिन्तकहरुले खादा लगाई उनलाई स्वागत तथा सम्मान गरेका हुन् ।
तमुधिं युकेको निमन्त्रणामा नेपाली मेलामा सहभागी हुन बेलायत आएका घिसिङले, “नेपाली मात्र विदेश गएको रहेनछ, विदेशमा बसोबास गर्ने नेपालीहरूले आफ्नो भाषा, कला, धर्म र संस्कृतिलाई समेत सँगसँगै ल्याई स्थापना गर्नुभएको रहेछ”, भन्दै सबैमा धन्यवादसहित बधाई ज्ञापन गरे । साथै, उनले, उज्यालो नेपाल भनेको बत्तीको मात्र उज्यालो होइन, मन तथा मस्तिष्क, देशलगायतको उज्यालो हो, समृद्धि हो, रोजगारी हो र शान्ति हो, भन्दै आफूलाई स्वागत, सम्मान र विश्वास गरेकोमा धन्यवाद दिए ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशकसमेत रहेका कुलमान घिसिङलाई बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पा र आमा प्रमुख जगना गुरुङले मायाको चिनो प्रदान गरेका थिए । साथै, उनले बीसीसी गुम्बा परिसरको अवलोकन सँगसँगै गुम्बाका रिन्पोछे, खेन्पो तथा लोपेन गुरुहरुको दर्शन समेत गर्नुभएको थियो ।
उक्त कार्यक्रममा बीसीसी युकेका उपाध्यक्ष मेजर हितमान गुरुङ, उपाध्यक्ष क्याप्टेन देब घले, सचिव मेजर शंकर गुरुङ, कोषाध्यक्ष मेजर बलदीप तामाङ, पूर्व अध्यक्ष धर्म तामाङ, सल्लाहकार जंगबहादुर गुरुङको विशेष उपस्थिति रहेको थियो । त्यस्तै, बीसीसी युकेका संस्थापक आमा प्रमुख ज्ञानुमाया गुरुङ, पूर्व आमा प्रमुख पुष्पा गुरुङ, निवर्तमान आमा प्रमुख उर्मिला गुरुङ, आमा उपप्रमुख शारदा गुरुङ, बीसीसी युके लन्डन ब्रान्च अध्यक्ष गोपाल तामाङलगायत सल्लाहकार, आमाहरूलगायत भक्तजनहरूको विशेष उपस्थिति रहेको थियो ।
बीसीसी युकेका अध्यक्ष आङ्गदावा शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त स्वागत तथा सम्मान कार्यक्रमलाई महासचिव मेजर कुमार गुरुङ एमभीओले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!