बेलायतमा नेपाली समाज विल्टशायरका ज्येष्ठ नागरिकले मनाए ‘भीजे डे’

SHARE:

– जय तामाङ
स्विन्डन, युके १६ अगस्ट २०२५ । नेपाली समाज विल्टशायरका ज्येष्ठ नागरिकहरुले दोस्रो विश्वयुद्धमा बेलायत र उसको सहयोगीहरुले जापानमाथि विजय गरेको दिन् अर्थात् ‘भीजे डे’ धुमधामसँग मनाएका छन् ।

यही अगस्ट १५ तारिख शुक्रबार स्विन्डनस्थित बुखाहर्स्ट कम्युनिटी सेन्टरमा भीजे डे मनाइएको हो । अगस्ट १५ तारिख १९४५ को दिन जापानले आफ्नो हार स्वीकार गर्दै आत्मसमर्पण गरेपछि युद्ध अन्त्य भएको थियो ।

नेपाली सेनाहरु नेपालको तर्फबाट त्यो युद्धमा प्रत्यक्ष संलग्न नभए पनि बेलायती सेनामार्फत त्यो युद्धमा नेपालीहरु संलग्न थिए । आफ्नो शत्रु नभए पनि अरु देशको सेनामार्फत युद्धमा होमिँदा धेरै नेपालीहरुले पनि ज्यान गुमाउन परेको थियो । त्यही युद्धमा ज्यान गुमाउन पुगेका वीर गोर्खालीलगायत सम्पूर्ण सहयोगीहरुको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो ।

नेपाली समाज विल्टशायरका ज्येष्ठ नागरिक अध्यक्ष रिटायर्ड क्याप्टेन दिनाकर मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीबीसी रेडियो १०५ स्टेसन म्यानेजर शिरले लुड्फ़ोर्ड र नेपाली समाज विल्टशायरका निवर्तमान अध्यक्ष तथा वर्तमान सल्लाहकार ज्ञानप्रसाद गुरुङ प्रमुख अतिथिको रुपमा उपस्तिथि थिए ।

करिब ९० जनाको उपस्थिति रहेको कार्यक्रममा केही स्थानीय व्यक्तिहरुको पनि उपस्थिति रहेको निर्वतमान अध्यक्ष ज्ञानप्रसाद गुरुङले बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!