लन्डन, यूके । बेलायतमा बसोबास गर्ने तमु (गुरुङ) समुदायका लामा थरको भेटघाट तथा विशेष छलफल कार्यक्रम आगामी १३ सेप्टेम्बर २०२५, शनिबार का दिन लन्डनस्थित Empire Hall मा हुने भएको छ।
संयोजक समितिका अनुसार कार्यक्रम दिउँसो ११ बजे सुरु हुनेछ। यस भेटघाटमार्फत बेलायतमा रहेका लामा थरका बीच आपसी चिनजान, अनुभव आदान–प्रदान तथा समुदायको एकता र भविष्यका योजनासम्बन्धी छलफल गरिनेछ।
कार्यक्रममा बेलायतभरिबाट सहभागी हुने अपेक्षा गरिएको छ। संयोजक हरूले सबै लामा थरको तमु (गुरुङ) हरू लाई सक्रिय सहभागिताका लागि हार्दिक आग्रह गरेका छन्।
थप जानकारीको लागि एकेन्द्र गुरुङ / रामचन्द्र गुरुङलाई सम्पर्क गर्नुहोस्
०७५३३ १८११५३/ +४४ ७९८८ ७१५९४१






