माओवादी सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायतको संयुक्त सम्मेलन ७ सेप्टेम्बरमा, कार्की, घर्ती र राई आउने

SHARE:


लन्डन १९ अगस्ट २०२५ । नेकपा (माओवादी केन्द्र) सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको संयुक्त सम्मेलन आगामी ७ सेप्टेम्बर २०२५ मा हुने भएको छ ।

माओवादी केन्द्रका केन्द्रीय सचिव, पश्चिम अन्तर महादेशीय प्रवास संगठन समिति इञ्चार्च तथा पूर्वमन्त्री राम कार्कीको प्रमुख आतिथ्यतामा सम्मेलन हुन लागेको हो । सम्मेलनमा कार्कीसँगै पहिलो महिला सभामुख एवं माओवादी स्थायी समिति सदस्य, आदिवासी/जनजाती संयुक्त मोर्चा नेपालको इन्चार्ज ओनसरी घर्तीमगर र केन्द्रीय सम्पर्क समन्वय प्रदेश समिति सदस्य, किराती मुक्ति मोर्चा, नेपालको केन्द्रीय महासचिव वसन्त राई पनि बेलायत आउने सम्मेलन संयोजक कर्मा पहाडी शेर्पाले जानकारी दिए ।

सम्मेलन ७ सेप्टेम्बरमा अल्डरसटस्थित द प्यालेस रेस्टुरेन्टमा बिहान ११ बजेदेखि हुनेछ । उक्त कार्यक्रमका लागि प्रमुख अतिथि कार्की, विशेष अतिथि घर्ती र अतिथि राई सेप्टेम्बर २ तारिखमा लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लिने तय भएको कार्यक्रम संयोजक पहाडी शेर्पाले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!