बेलायतमा १६ औं नेपाली मेलामा सीएनसीबीजीको मार्चपास, वृहत् एकता प्रदर्शन गर्न झाँकी संयोजकको अपिल

SHARE:

लन्डन २२ अगस्ट २०२५ । बृटिस गोर्खा नेपाली नागरिकता निरन्तरता (सीएनसीबीजी)ले बेलायतमा यही २४ अगस्टमा हुने १६ औं नेपाली मेलामा मार्चपास गर्ने भएको छ ।

प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेमार्फत बेलायतवासी बृटिस गोर्खाहरुको सन्देश नेपाल सरकारसमक्ष पुर्‍याउन उद्देश्यसहित सीएनसीबीजीले झाँकी प्रस्तुति राख्न लागेको हो । ‘आगामी २४ अगष्ट आइतबार नेपाली मेलामा नेपालका राजदूत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुने भएको छ । उक्त अवसरमा हामी बेलायतवासी बृटिश गोर्खाहरूले “वंशजको नेपाली नागरिकता निरन्तरता”को पक्षमा एकताको हुँकार देखाउनैपर्छ भन्ने अनुरोध गर्न गरिरहेको छु । त्यो एकताको हाम्रो आवाज राजदूतमार्फत नेपाल सरकारको कानसम्म पुग्ने भएकाले,’ सीएनसीबीजीको तर्फबाट झाँकी संयोजक तथा सहप्रवक्ता दिर्ग गुरुङले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,’म यत्तिखेर उक्त सीएनसीबीजीको झाँकी (मार्चपास) मा उपस्थित भइदिनुहुनको लागि बेलायतभरका सम्पूर्ण संघ, संस्थाहरूसँग हार्दिकताको साथ हारगुहार तथा अनुरोध गरिरहेको छु ।’

एकता केवल सीएनसीबीजीका केही सीमित व्यक्तिहरूको स्वार्थको लागि मात्रै नभएर आगामी पुस्ता, छोराछोरी र नातिनातिनीहरूको भविष्य सुरक्षित गर्ने ऐतिहासिक अभियान भएकोले बेलायतवासी नेपाली र संघ संस्थाहरुले पनि यो सीएनसीबीजीको झाँकीमा कम्तीमा १५ मिनेट समय दिन सकेमा साझा एकताको प्रतिक बन्ने सहप्रवक्ता गुरुङले अपेक्षा राखे ।

‘त्यो तपाईंहरूको एक कदमले हाम्रो अभियानलाई ठूलो बल र अत्मविश्वास दिनेछ । त्यो यहाँहरूको १५ मिनेटले आज मात्र होइन, भोलिका हाम्रा पुस्ताले उनीहरूको अधिकार सुरक्षित गर्ने र गर्व गर्ने मार्ग प्रशस्त गर्नेछ । त्यसैले म व्यक्तिगत रूपमा मात्र होइन, हाम्रो भविष्यका सम्पूर्ण पुस्ताको तर्फबाट पनि उक्त झाँकी (मार्चपास) मा उपस्थित भइदिनुहुन यहाँहरूमा विनम्रताकोसाथ हार्दिक आह्वान गर्दछु,’ अपिल विज्ञप्तिमा छ ।

तमुधीं यूकेको आयोजना, नेपाली दूतावास लन्डनको सहकार्यमा आइतबार केम्पर्टन पार्कमा नेपाली मेला हुँदैछ । कार्यक्रम बिहान १० देखि राति ८ बजेसम्म तोकिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!