मंगल बुद्ध विहार यूकेले आउँदो अक्टोबर १८ मा कथिन चिवर दान पुण्य कार्यक्रम गर्ने

SHARE:

लन्डन २२ अगस्ट २०२५ । मंगल बुद्ध विहार यूकेले आउँदो अक्टोबर १८ मा कथिन चिवर दान पुण्य कार्यक्रम गर्ने भएको छ ।

हारो बरो फुटबल क्लबमा १८ अक्टोबर बिहान १० देखि कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ । कार्यक्रममा शील प्रार्थना, बुद्ध पूजा, भोजन दान, कथिन चिवर दान, धर्म देशना, ध्यान, चिवर दान, अष्टपरिष्कार दान, संघ दानलगायत कार्यक्रम तालिका रहेको छ ।

कथिन चिवर दाताहरुमा देउरुपी थापा र परिवार, दिनेश थापा, सरस्वति थापा र परिवार रहेका छन् ।

कार्यक्रममा उपस्थितिका लागि बेलायतवासी नेपालीहरुलाई मंगल बुद्ध विहार युकले अनुरोध गरेको छ ।

कार्यक्रमबारे थप जानकारी चाहिएमा जगत आले, टेक खपाङ्गी र इन्द्र पुनलाई सम्पर्क गर्न सकिने जनाइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!