
लन्डन २३ अगस्ट २०२५ । बेलायतमा आइतबार २४ अगस्टमा हुने १६ औं नेपाली मेलाको तयारी लगभग सकिएको छ ।
केम्पर्टन पार्कमा हुने बेलाको तयारी लगभग सकिएको आयोजक तमुधीं यूकेकी उपाध्यक्ष दिलमाया गुरुङले जानकारी दिइन् । उनका अनुसार मेला तयारीका लागि शनिबार तमुधीं यूकेका अध्यक्ष, पूर्वअध्यक्ष, आमा समूह अध्यक्ष, पदाधिकारी, कार्यसमिति सदस्य, शुभचिन्तक दिनभर खटिएका थिए ।
मेला संयोजक तथा उपाध्यक्ष कमल गुरुङले स्टेज बनाउने, स्टल, कारपार्क व्यवस्थापन, सजिसजाउलगायत काम गरिएको बताए ।
तमुधीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङले ६० भन्दा बढी संघसंस्था र १५ भन्दा बढी कूटनीतिज्ञहरु सहभागी हुने जानकारी दिए । नेपाली मेला बेलायतवासी नेपालीका लागि आकर्षक कार्यक्रम बनेको आयोजकको दाबी छ । तमुधीं यूकेले नेपाली मेला हरेक वर्ष गर्दै आएको छ ।

तस्बिर : दिलमाया गुरूङ र पार्वती गुरूङको फेसबुकबाट






