डा.हेमराज शर्माद्वारा एनआरएनए अध्यक्ष पदमा उम्मेदवारी घोषणा [पत्रसहित]

SHARE:

लन्डन २५ अगस्ट २०२५ । बेलायत निवासी डा हेमराज शर्माले आगामी अक्टोबरमा हुने गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । उनले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत एनआरएनए रिःब्रान्डिङका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

लिभरपुल यूकेमा बस्दै आएका शर्मा लामो समयदेखि एनआरएनए अभियानमा जोडिँदै आएका छन् । शर्मा उपाध्यक्ष तथा परोपकार विभाग प्रमुख अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०२३–२०२५), उपाध्यक्ष तथा सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग प्रमुख, अन्तर्राष्ट्रि समन्वय परिषद् (२०२१–२०२३) सर्वोच्च अदालतबाट खारेज, महासचिव, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (२०१९–२०२१), संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलन, काठमाडौँ, नेपाल (अक्टोबर २०१८ र अक्टोबर २०२०), संविधान संशोधन सल्लाहकार समिति, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०११–२०१९) रहेका थिए ।

यस्तै सल्लाहकार, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०१३), प्रवक्ता तथा सञ्चार र प्रकाशन समिति संयोजक, अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०११–२०१३), प्रधान सम्पादक, ग्लोबल नेपाली, एनआरएनएको आधिकारिक पत्रिका (२०११–२०१३), सम्पादक, एनआरएनएका ऐतिहासिक दस्तावेजहरूको सङ्ग्रह (२०१३), निर्देशक/स्क्रिप्ट लेखक, एनआरएनए वृत्तचित्र (२०१३), नागरिकता, मतदान अधिकार जस्ता डायस्पोरा नेपालीको अधिकारको लागि राष्ट्रिय सञ्चारमाध्यममा पैरवी (लगभग १०० लेख, टिभी र समाचार पत्र अन्तर्वार्तासहित), निर्वाचन समितिका सदस्य, अन्तर्राष्ट्रिय समन्वय परिषद् (२०११, २०१३, २०१५), सदस्य, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (२००७–२०११),विधान समिति सदस्य एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२००७–२०११), महासचिव, राष्ट्रिय समन्वय परिषद्, एनआरएनए जापान (२००६–२००७), सम्पादकीय सल्लाहकार, मातृभूमी, एनआरएनए जापानको वार्षिक प्रकाशन (२००७),काठमाडौंमा एनआरएनए विश्व सम्मेलनमा सहभागी (२००७, २००९, २०११, २०१३, २०१५, २०१७, २०१९, २०२१, २०२३) र क्षेत्रीय सम्मेलन/बैठकहरूमा सहभागी (२००६–२०२५ प्रत्येक वर्ष) को भूमिका पनि उनले निभाएका थिए ।

 

एनआरएनए रिःब्राण्डिङका लागि अध्यक्ष पदका लागि मेरो उम्मेदवारी
विगतमा भन्दा फरक पृष्ठभूमिको नेतृत्वलाई हेरौँ।

विभिन्न मुलुकमा छरिएका नेपालीलाई एकताबद्ध गर्दै, उनीहरूले आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजी मातृभूमि नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने उद्देश्यसहित गैरआवासीय नेपाली संघ (एनआरएनए) सन् २००३ मा स्थापना भएको थियो।
२२ वर्षको यात्रामा एनआरएनए नेपालभित्र र बाहिर बस्ने नेपालीहरूका लागि आशा र भरोसाको केन्द्र बन्दै गएकोछ, र साथै यस अवधिमा ९० देशमा आफ्नो औपचारिक सञ्जाल विस्तार गर्दै विश्वभर छरिएका नेपाली समुदायलाई सामूहिक चिनारी र उद्देश्यमा एकीकृत गर्न उल्लेखनीय सफलता हासिल गरेको छ।
संघले गैरआवासीय नेपाली सम्बन्धी ऐन, नागरिकता, आप्रवासी कामदारसँग सम्बन्धित सामाजिक सुरक्षा कोषलगायत कानूनी विषयहरूमा योगदान दिएको छ । यसले विदेशमा बस्ने हामी सबैमा मातृभूमिप्रतिको दायित्व अझ बढाएको छ।
प्रविधिको तीव्र छलाङ, बदलिँदो राजनीतिक परिदृश्य, विश्व अर्थतन्त्रको रूपान्तरण, र दोस्रो पुस्ताका एनआरएनहरूको बढ्दो संख्याले हामीलाई नयाँ परिस्थितिमा ल्याइपुर्याएको छ। यस्तो निर्णायक मोडमा, एनआरएनए अझ सान्दर्भिक, प्रभावकारी र सबैलाई समेट्ने बनाउन समयअनुकूल रूपान्तरण हुनु आवश्यक छ।
अर्कोतर्फ, हाम्रा विविध विचार र महत्वाकांक्षाका कारण केन्द्रीय नेतृत्वबीच अनावश्यक विभाजन हुँदा सम्पूर्ण नेपाली डायस्पोरा पनि विभाजनको अवस्थामा पुगेको छ। यसका कारण नागरिकतासहितका एनआरएनएका महत्वपूर्ण मुद्दाहरू ओझेलमा परेका मात्र छैनन्, संघकै अस्तित्व नै संकटमा पर्ने हो कि भन्ने आशंका बढ्दै गएको छ।
अहिलेकै मतभेदबीच पनि, संसारभर ८० हजारभन्दा बढी सदस्य भएका एनआरएनएले ५८ वटा राष्ट्रिय समन्वय परिषद्को निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको छ। साथै, २०२५ अक्टोबरमा काठमाडौंमा हुने १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ४,७०० भन्दा बढी प्रतिनिधिले आवेदन दिएका छन्। यी प्रतिनिधिहरू संस्थालाई उज्ज्वल भविष्यतर्फ डो-याउन सक्षम नेतृत्वको खोजीमा छन्।
अहिलेकै चुनौतीहरूलाई नम्रतापूर्वक स्वीकार्दै, मैले २०२५–२०२७ कार्यकालका लागि एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छु। एनआरएनएको रिब्रान्डिङ गर्दै यस संस्थालाई सबैले अपनत्व महसुस गर्ने र पुस्तौँसम्म रहने धरोहर संस्थामा रूपान्तरण गर्नु मेरो मुख्य योजना हुनेछ।
म एकीकृत, समावेशी, प्रविधिमैत्री, नतिजामुखी, दिगो, सबल, जवाफदेही, पारदर्शी र बहुआयामिक एनआरएनए निर्माणमा केन्द्रित हुनेछु। मातृभूमि नेपालका लागि डायस्पोराका नेपालीहरूको सीप, ज्ञान, नवप्रवर्तन र आर्थिक लगानी भित्र्याउने वातावरण तयार पार्ने, सुरक्षित वैदेशिक रोजगार सुनिश्चित गर्न सहयोग गर्ने तथा नेपाल सरकार र अन्तर्राष्ट्रिय संस्थासँगको साझेदारी सुदृढ गर्ने विषयमा पनि विशेष ध्यान दिनेछु। साथै, संघलाई आर्थिक, राजनीतिक र अन्य बाह्य नकारात्मक प्रभावबाट संघलाई जोगाउन अन्तर्राष्ट्रिय समन्वय परिषद्को नेतृत्व चयन सम्पूर्ण पञ्जीकृत सदस्यहरूको प्रत्यक्ष मतदानबाट गर्ने व्यवस्था सहित अन्य संस्थागत संरचनामा आमूल परिवर्तन गर्न अग्रसर हुनेछु।
म केवल सुधारको एजेन्डा लिएर मात्र आएको छैन, संसारभर छरिएका नेपाली डायस्पोराका चाहनाअनुसार एनआरएनालाई साँच्चिकै विश्वव्यापी, समावेशी, निष्ठामा आधारित र गतिशील संस्था बनाउन स्पष्ट रोडम्यापसहित आएको छुँ। हाल सम्मका नेतृत्व भन्दा मेरो फरक पृष्टभूमी भएकोले म विगतमा भन्दा फरक दृष्टिकोणसहित एनआरएनलाई नयाँ दिशातर्फ लैजान तयार छु। स्पष्ट कार्ययोजनासहितको घोषणापत्र चाँडै यहाँहरू समक्ष प्रस्तुत गर्नेछु। मेरो उम्मेदवारीलाई समर्थन गर्न तथा आवश्यक सुझाव र सल्लाह दिन संघका सदस्य, महाधिवेशन प्रतिनिधिहरू र शुभचिन्तकहरूलाई विनम्र अपील गर्दछु।
पेशागत र संघमा मेरो लामो अनुभवले मेरा प्रतिबद्धताहरू सफलतापूर्वक कार्यान्वयन गर्न मद्दत गर्नेमा म विश्वस्त छु। मेरो गैरआवासीय नेपाली अभियानमा संलग्नता यसै साथ प्रस्तुत गरेको छु।
डा हेम राज शर्मा
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ
२५ अगष्ट २०२५
लिभरपुल, युके

My Candidacy for NRNA ICC Presidency for Rebranding NRNA
Embrace a Leadership from a Different Background
The Non-Resident Nepali Association (NRNA) was established in 2003 as a non-profit organization with a noble vision: to unite Nepali residing across the globe and channel their knowledge, skills, technology, and capital for the social and economic development of Nepal. Over the past 22 years, NRNA has become a trusted platform of hope and solidarity for millions of Nepali living abroad, successfully expanding its formal network to 90 countries and uniting the Nepali diaspora under a single platform. In addition, through legal provisions such as the Non-Resident Nepali Act, Non-Resident Nepali citizenship, and the Social Security Fund for migrant workers, it has not only addressed the rights and interests of NRNs but also strengthened our sense of duty toward our motherland while living abroad.
Today, however, we find ourselves in a transformed world reshaped by technological leaps, shifting political landscapes, global economic changes, and a growing number of second-generation NRNs. At this critical juncture, NRNA must adapt and evolve to remain relevant, impactful, and truly inclusive organization.
We also face many internal challenges, rooted in the diverse views, interests, ambitions, and needs of our global members. Unfortunate and unnecessary divisions among the leadership have placed the very existence of NRNA in jeopardy. If we truly want to harness the collective strength of the Nepali diaspora for the betterment of ourselves, our families, and our nation, we must come together in unity.
Despite serious differences, NRNA remains a strong and vibrant organization. With more than 80 thousand registered members, we have successfully conducted elections of 58 National Coordination Councils and received more than 4,700 delegate applications for the International General Assembly to be held in October 2025 in Kathmandu, Nepal. This assembly will elect a strong leadership team to guide our beloved organization toward a brighter collective future.
Deeply informed and humbled by our institutional challenges, I am announcing my candidacy for the presidency of the International Coordination Council of NRNA for the tenure 2025-2027, with a clear commitment to rebranding NRNA-modernizing its structure, ensuring transparency, making it technology-friendly, and transforming it into a legacy institution for generations to come. My vision is guided by fundamental principles: Unified NRNA; NRNA for All; Smart NRNA; Result-Oriented NRNA; Sustainable NRNA; Strong and Multi-Dimensional NRNA; NRNA for Skills, Knowledge, Innovation, Investment, and Foreign Employment; Accountable and Transparent NRNA; For NRNs, by NRNs; NRNA as a Partner of the Government of Nepal and international organizations; and ultimately, the Rebranding of NRNA. In order to protect the organization from financial, political, and other external negative influences, I will work toward amending the institutional structure so that the leadership of the International Coordination Council is elected through direct voting by all registered members.
This is not just a reform agenda, but a roadmap to make NRNA a truly global, inclusive, integrity-driven and dynamic institution anchored in the desire and goals of Nepali diaspora living around the world. With a different background than previous leadership, my vision is uniquely and measurably different, marking a clear departure from conventional thinking: I will lead NRNA in a new direction – one shaped by knowledge, open communication, dialogue, and collaboration, while fully embracing the realities of changing times and the rising ambitions of our members and leaders. I sincerely appeal for the support of all members and delegates – place your trust in me, test my leadership, and together let us rebrand NRNA for the future.
I will soon be presenting my detailed vision in this regard. Stay tuned!!
I bring to this candidacy not only my vision, but also my lived experience.
Dr Hem Raj Sharma
Vice President, Non-Resident Nepali Association (NRNA)
25th August 2025
Liverpool, UK

मेरो गैरआवासीय नेपाली अभियानमा संलग्नता यसै साथ प्रस्तुत गरेको छु।
• उपाध्यक्ष तथा परोपकार विभाग प्रमुख अन्तर्राष्ट्रि समन्वय परिषद (२०२३–२०२५)
• उपाध्यक्ष तथा सीप, ज्ञान र प्रविधि हस्तान्तरण विभाग प्रमुख, अन्तर्राष्ट्रि समन्वय परिषद (२०२१–२०२३) – सर्वोच्च अदालतबाट खारेज
• महासचिव, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०१९–२०२१)
• संयोजक, पहिलो र दोस्रो विश्व ज्ञान सम्मेलन, काठमाडौँ, नेपाल (अक्टोबर २०१८ र अक्टोबर २०२०)
• संयोजक, संविधान संशोधन सल्लाहकार समिति, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०११–२०१९)
• सल्लाहकार, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२०१३)
• प्रवक्ता तथा सञ्चार र प्रकाशन समिति संयोजक अन्तर्राष्ट्रि समन्वय परिषद (२०११–२०१३)
• प्रधान सम्पादक, ग्लोबल नेपाली, एनआरएनएको आधिकारिक पत्रिका (२०११–२०१३)
• सम्पादक, एनआरएनएका ऐतिहासिक दस्तावेजहरूको सङ्ग्रह (२०१३)
• निर्देशक/स्क्रिप्ट लेखक, एनआरएनए वृत्तचित्र (२०१३)
• नागरिकता, मतदान अधिकार जस्ता डायस्पोरा नेपालीको अधिकारको लागि राष्ट्रिय सञ्चार माध्यममा पैरवी (लगभग १०० लेख, टिभी र समाचार पत्र अन्तर्वार्ता सहित)
• निर्वाचन समितिका सदस्य, अन्तर्राष्ट्रि समन्वय परिषद (२०११, २०१३, २०१५)
• सदस्य, एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२००७–२०११)
• विधान समिति सदस्य एनआरएनए अन्तर्राष्ट्रि समन्वय परिषद (२००७–२०११)
• महासचिव, राष्ट्रिय समन्वय परिषद्, एनआरएनए जापान (२००६–२००७)
• सम्पादकीय सल्लाहकार, मातृभूमी, एनआरएनए जापानको वार्षिक प्रकाशन (२००७)
• काठमाडौंमा एनआरएनए विश्व सम्मेलनमा सहभागी (२००७, २००९, २०११, २०१३, २०१५, २०१७, २०१९, २०२१, २०२३) र क्षेत्रीय सम्मेलन/बैठकहरूमा सहभागी (२००६–२०२५ प्रत्येक वर्ष)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!