नेप्लिज ड्राइभिङ्ग इन्स्ट्रक्टर एसोसिएसन युकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा होमराज विष्ट

SHARE:

लन्डन, हाइवेकम्ब २५ अगस्ट २०२५ । नेप्लिज ड्राइभिङ्ग इन्स्ट्रक्टर एसोसिएसन युकेमा नयाँ कार्यसमिति चयन भएको छ ।

हाइवेकमको डल्फिन आइ रेस्टुरेन्टमा २५ अगस्ट सोमबार आयोजित (एनडीआईए) युकेको चौथो अधिवेशनले होमराज विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिका उपाध्यक्षहरुमा माधव कार्की र निर्मल श्रीस, महासचिव कृष्ण बस्याल, सहसचिव रामचन्द्र गुरुङ, कोषाध्यक्ष पूर्ण श्रीस थापा र सहकोषाध्यक्षमा गोप सिंजाली मगर चयन भएका छन् ।

सदस्यहरुमा रवि अधिकारी, लोक थलङ, राम खान र मिडिया सचिवमा नगेन्द्र नेम्बाङले जिम्मेवारी पाएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका सचिव प्रकाश राहुतले शपथ ग्रहण गराएका थिए ।

कार्यसमिति चयनका लागि पूर्वअध्यक्ष होम रानाको अध्यक्षता, सचिव एडीएस ड्राइभिङ् संस्थापक अध्यक्ष प्रकाश राहुत र सदस्य राजु श्रेष्ठ रहेको निर्वाचन समिति रहेको थियो ।

त्यसअघि अधिवेशन प्रमुख अतिथि डिफेन्सिभ ड्राइभिङ् इक्जामिनर बसन्त गुरुङ र अध्यक्ष क्याप्टेन (रिटायर्ड) ताम ढेगाले पानसमा दिप प्रज्वलन गरी अधिवेशन उद्घाटन गरेका थिए । महासचिव तेज पुनले कार्यकालभरको कार्यप्रतिवेदन र कोषाध्यक्ष निर्मल श्रीसले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदनहरु अधिवेशनले सर्वसम्मतिले पारित गर्‍यो । कार्यक्रमको पहिलो चरणमा सचिव तेज पुनले कार्यक्रममा अपनाउनु पर्ने हेल्थ एन्ड सेफ्टीसम्बन्धी जानकारी प्रस्तुत गरेका थिए ।


अध्यक्ष ढेगा, प्रमुख अतिथि गुरुङ र निर्वाचन मण्डल अध्यक्ष रानाले निवर्तमान कार्यसमितिलाई धन्यवाद दिँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष होमराज विष्टले निर्वाचन मण्डल र निवर्तमान कार्यसमितिलाई सफल अधिवेशन सम्पन्न गराएकोमा धन्यवाद दिँदै संस्थाको भावी योजनाहरु प्रस्तुत गरे ।

नेपालबाट आएका कलाकारद्वय डान्सर अस्मिता पुरीले नेपाली तथा हिन्दी गीतहरूमा नृत्य प्रस्तुत गरेकी थिइन् भने गायिका अनुपा रोकाले लोक तथा दोहोरी गीतहरू गाएर उपस्थित महानुभावहरुलाई भरपूर मनोरञ्जन दिइन्।

क्याप्टेन (रिटायर्ड) ताम ढेगाको अध्यक्षतामा सम्पन्न अधिवेशनमा स्वागत मन्तव्य माधव कार्कीले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव तेज पुनले गरेका थिए।

कलाकारद्वयलाई मायाको चिनो स्वरूप प्रशंसा-पत्रसहित खादा ओढाएर सम्मान गरिएको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!