लन्डन २६ अगस्ट २०२५ । फोक्स्टन नेप्लिज कम्युनिटी लेडिज कमिटीले सानदार रुपमा तीज पर्व मनाएको छ ।
ग्राण्ड बर्स्टिन होटलमा २३ अगस्टमा फोक्स्टन नेप्लिज कम्युनिटीका प्रथम महिला पुनम पुनको अध्यक्षतामा सांस्कृतिक कार्यक्रमसहित तीज मनाइएको हो । तीज पर्वको अवसरमा वयोवृद्ध महिला र प्रथम महिला पुनम पुनले ‘ह्याप्पी तीज’ लेखिएको केक काटेर सेलिब्रेसन गराए ।

आयोजकले कार्यक्रममा सहभागी भई सफल बनाएकोमा सहभागी सबैप्रति धन्यवाद ज्ञापन दिँदै उत्साहपूर्ण सहभागिता र उमंगले स्मरणीय कार्यक्रम बनेको बताएको छ ।
सहभागीका अनुसार कार्यक्रमको व्यवस्थापन उत्कृष्ट थियो भने कार्यक्रम स्थलमै निःशुल्क पार्किङको सुविधा पनि व्यवस्था गरिएको थियो ।
कार्यक्रम संयोजन फोक्स्टन नेप्लिज कम्युनिटी लेडिज कमिटीका लेडिज कोअर्डिनेटर इन्द्रा राई, प्रथम महिला पुनम पुनले सजावट तथा कार्यक्रम अघि र पछि स्थल सफा गर्न मद्दत गर्ने सबै महिला, समिति सदस्य तथा स्वयंसेवकहरू, टिकट बिक्रीमा सहयोग गर्ने स्थानीय पसल र फोक्स्टन नेप्लिज कम्युनिटीका महिलाहरू, उत्साहपूर्वक सहभागी हुने, स्वादिष्ट भोजन उपलब्ध गराउने लेमन लिफ, आकर्षक राफल पुरस्कार प्रायोजन गर्ने सबै उदार व्यक्तिहरूलाई धन्यवाद दिइन् । साथै,साउन्ड सिस्टम र लाइटिङ प्रबन्ध गर्ने भास्कर राई र यातायातको निम्ति खड्क केसीलाई विशेष धन्यवाद दिइएको छ ।
कार्यक्रम साँच्चिकै सफल र यादगार रहेको भन्दै पुनले यसलाई विशेष बनाउन योगदान गरेका महिला संयोजक, सम्पूर्ण महिला तथा फोक्स्टन नेप्लिज कम्युनिटीका सदस्यहरुलाई धेरै धेरै धन्यवाद र बधाई दिइन् ।
कार्यक्रम संयोजन फोक्स्टन नेप्लिज कम्युनिटी लेडिज कमिटीका लेडिज कोअर्डिनेटर इन्द्रा राई, फोक्स्टन नेप्लिज कम्युनिटी सल्लाहकार ओमकुमारी पुनले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।











