यस्तो रह्यो तमु समाज युके आमा समूहको लेडिज नाइट तथा तीज कार्यक्रम २०२५

SHARE:

शिवकुमार गुरुङ

लन्डन २६ अगस्ट २०२५ । तमु समाज युके आमा समूहको लेडिज नाइट तथा तीज कार्यक्रम सम्पन्न भएको छ । लन्डनस्थित वेम्ब्ली बार्हाम पार्कमा रहेको तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरमा शनिबार लेडिज नाइट तथा तीज कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । कार्यक्रममा तमु समाज युके आमा समूहका ज्येष्ठदेखि युवा सदस्यहरू साथै लन्डनभरका नेपाली महिलाहरूको उत्साहपूर्ण सहभागिता रह्यो ।

आमा समूहकी अध्यक्ष बिमला गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव रामिला गुरुङले सञ्चालन गरेकी थिइन् । प्रमुख अतिथि समाजकी ज्येष्ठ नागरिक आसाकुमारी गुरुङ, तमु समाज युकेका अध्यक्ष बिन्दुकुमारी घले, आमा समूह अध्यक्ष बिमला गुरुङ तथा पूर्व ध्यक्ष माया गुरुङले संयुक्त रूपमा दियो प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरे ।

विशेष अतिथिहरूमा तमुधीं युके आमा समूह अध्यक्ष कमला देवी गुरुङ, तमु प्ये ल्हु संघ युके आमा समूह अध्यक्ष बबिता गुरुङ, मर्दिखोला समाज युके आमा समूह अध्यक्ष ध्रुव गुरुङ तथा आसा फेसन हाउसकी प्रबन्ध निर्देशक आसा भुसालको उपस्थिति थियो ।

कार्यक्रममा सचिव रामिला गुरुङले स्वास्थ्य तथा सुरक्षासम्बन्धी जानकारी प्रस्तुत गर्नुभयो भने आमा समूहकी उपाध्यक्ष मथुरा गुरुङले स्वागत मन्तव्य दिनुभयो । त्यसपछि प्रमुख अतिथि आसाकुमारी गुरुङ, तमुधीं युकेकी प्रथम महिला एवं आमा समूह अध्यक्ष कमला देवी गुरुङ, तमु प्ये ल्हु संघ युके आमा समूह अध्यक्ष बबिता गुरुङ, मर्दिखोला समाज युके आमा समूह अध्यक्ष ध्रुव गुरुङ र एनआरएन युकेकी पूर्वप्रथम महिला तथा तमुधीं युके आमा समूहकी पूर्वअध्यक्ष सिता (मन्जु) गुरुङलाई आमा समूह अध्यक्ष बिमला गुरुङले खादा, पुष्पगुच्छा र पछ्यौरी ओढाइ सम्मान गरे ।

कोषाध्यक्ष बिबा गुरुङले कार्यक्रमका प्रायोजकहरूको नाम वाचन गर्दै आभार प्रकट गरे । साथै, अध्यक्ष बिमला गुरुङले सम्पूर्ण उपस्थित पाहुना, सहयोगी र आयोजक टोलीप्रति धन्यवाद ज्ञापन गरे ।

यस वर्षको तीज कार्यक्रममा आयोजित राफल ड्र र नृत्य प्रतियोगिता विशेष आकर्षण बने । राफल ड्रका प्रथम पुरस्कार ध्रुव गुरुङ, द्वितीय मिना तमाङ र तृतीय बिमला गुरुङ (आमा समूह अध्यक्ष)ले जिते ।

राफल ड्र’तर्फ प्रथम पुरस्कार लन्डन साउथ ह्यारोस्थित जय श्रीकृष्णा ज्वेलर्सका सञ्चालक प्रकाश गौतम र सञ्चालिका दुर्गा गौतमद्वारा प्रायोजन भएको सुनको क्लिप, द्वितीय पुरस्कार अश्मी ज्वेलर्सका प्रोपाईटर रन्जु श्रेष्ठले प्रायोजन गरेको सुनजडित मोतीको माला तेस्रोदेखि दशौंसम्मका पुरस्कार आमा समूहका सदस्यहरूले स्पोन्सर गरेको आयोजकले जनाएको छ ।

नृत्य प्रतियोगितातर्फ प्रथम स्थान – मिना तमाङ (बेष्ट डान्सर उपाधि), द्वितीय स्थान – बबिता गुरुङ (तमु प्ये ल्हु संघ युके आमा समूह अध्यक्ष), तृतीय स्थान ज्योति गुरुङ भए ।

कार्यक्रमको अन्त्यमा आमा समूह अध्यक्ष बिमला गुरुङले सम्पूर्ण प्रायोजक, सहयोगी, स्वयंसेवक र सदस्यहरूलाई पुनः धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको सफलताप्रति खुशी व्यक्त गरे ।

दिउँसो ३ बजे सुरु भएको कार्यक्रम राति ९:३० बजेसम्म निरन्तर नाचगान, प्रज्वलमान गुरुङको तीज डीजे र रारा क्याटर्सले तयार गरेको स्वादिष्ट भोजनसहित सम्पन्न भयो । कार्यक्रममा आमा समूहका दिदीबहिनी, युवतीहरूदेखि ज्येष्ठ आमासम्मले उत्साहपूर्वक नाचेर सक्रिय सहभागिता जनाए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!