तमुधीं यूकेले गर्‍यो आफ्नै भवनमा सांसद र कलाकारलाई स्वागत

SHARE:

तस्बिर : आश गुरुङ

लन्डन २८ अगस्ट २०२५ । तधु धीं यूकेले नेपालको गण्डकी प्रदेशका एमाले सांसद तथा पूर्वमन्त्री वेदबहादुर (श्याम) गुरुङ र उनकी धर्मपत्नी शिरशोभा गुरुङ, हङकङबाट आएकी जिफाहका अध्यक्ष माया गुरुङ र अमेरिकाबाट आएकी नायिका एन्सर्जलाई स्वागत गरेको छ ।

मिचेटस्थित आफ्नै भवनमा बिहीबार २८ अगस्टमा अतिथिहरुलाई तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङले खादा लगाएर स्वागत गरेका हुन् । त्यसक्रममा अध्यक्ष गुरुङले संस्थाको बारेमा जानकारी पनि गराएका थिए । त्यस अवसरमा तमुधीं यूकेका सचिव तथा व्यवसायी विमल गुरुङ, सल्लाहकार तथा व्यवसायी दिलरास गुरुङ, व्यवसायी देव गुरुङलगायतको उपस्थिति थियो ।

सांसद तथा कलाकारहरुले स्वागतका लागि तमु धीं यूकेका अध्यक्षसहित टिमलाई धन्यवाद दिए । सांसद गुरुङ, कलाकारद्वय तमुधीं यूकेले २४ अगस्टमा आयोजना गरेको १६ औं नेपाली मेलाका लागि बेलायत आएका हुन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!