
लन्डन २९ अगस्ट २०२५ । उज्यालो नेपालका अभियानका अभियन्ता तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ नेपाल फर्किएका छन् । उनीलाई शुक्रबार लन्डनको हिथ्रो विमानस्थल हुँदै स्वदेश प्रस्थान गरेका हुन् ।
नेपाल उड्नुअघि हिथ्रोमा तमुधीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, सल्लाहकार दिलराज गुरुङ र मोहन गुरुङ, एलन पाण्डे, धादिङ-नुवाकोट समाजका अध्यक्ष धनदेव तामाङलगायतले खादा लगाएर बिदाइ गरेका थिए ।
घिसिङ तमुधीं यूकेको निमन्त्रणामा १६औँ नेपाली मेलाको विशेष अतिथिका रूपमा उपस्थित हुन ११ अगस्टमा लन्डन आएका थिए ।






