
लन्डन, फार्नबोरो ३० अगस्ट २०२५ । पाँचथर समाज सेवा युकेको १६औं वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम शनिबार संस्थाकी अध्यक्ष शान्ति लिम्बु र प्रमुख अथिति जर्मनीका लागि पूर्व राजदूत नवलकिशोर राईले सामूहिक रुपमा दिप प्रजलन गरी नेपालको राष्ट्रिय गीत बजाएर उद्घाटन गरेका थिए । गत सालदेखि सुरु गरिएको पाँचथर अवार्ड ‘दोस्रो वर्ष पाँचथर अवार्ड’ यस वर्ष सल्लाहकार सूर्य गुरुङलाई प्रदान गरेका थिए। विभिन्न शैक्षिक क्षेत्र, व्यवसाय सफलता हासिल गरेकालाई संस्थाले प्रशंसापत्र प्रदान गर्दै खादा ओढाएर सम्मान गरेको थियो ।
कार्यक्रममा प्रमुख अथिति राई, विशेष अथिति एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले शुभकामना मन्तव्य राखेका थिए । चुम्लुङ युकेकी अध्यक्ष कमला सेन्दाङ लिम्बु, तमुधीं युकेका अध्यक्ष जुमकाजी गुरुङ, तमुधीं युके आमा समूहकी अध्यक्ष कमला देवी गुरुङ, नेपाल आदिवासी जनजाती महासङ्घ युकेका अध्यक्ष मेजर रिटायर्ड योगेश कोयी राई, बिएफबिएस गोर्खा रेडियो प्रबन्धक निर्देशक योगराज राई,विश्व साहित्य महासङ्घ पश्चिम शाखाका अध्यक्ष लालचन्द्र राई, इलाम सोसाइटी युकेका अध्यक्ष टेकबिर राई, धनकुटा समाज सेवा युकेका कोषाध्यक्ष सुक्र लिम्बु, सङ्खुवासभा समाज युकेकी उपाध्यक्ष कमला गुरुङ, नेप्लिज कम्युनिटी फ्लीट आमा समूहकी अध्यक्ष सुप्रिया गुरुङलगायतको उपस्थिति रहेको थियो ।
राफल ड्र कोषाध्यक्ष सिखर सम्बाहाङ्फे, सदस्यद्वय दिपा योङ्या र रस्मी केरुङले खेलाई कार्यक्रम थप रोमाञ्चक बनाइएको थियो ।
नेपालबाट आएका अथिति कलाकारहरु गायिका निरन्ता नेम्बाङले लिम्बु गीत पालामलगायत नेपाली गीत, गायक राजेश बर्देवाले विभिन्न नेपाली गीतहरु गाएका थिए भने डान्सर आरुषी मगरले आकर्षक नृत्य प्रस्तुत गरेकी थिइन् । साथै स्थानीय कलाकारहरु दिलीप लिम्बु र गुमानसिं माखिमले पनि गीत गाएका थिए ।
बाल नृत्य कलाकारहरु चेरिसा सेलिङ लिम्बु, नुमा माबो,डेनिल राई,पर्लिन राई,जस्मिन लिम्बु काउर र जस्लिन लिम्बु काउरले विभिन्न गीतहरुमा उत्कृष्ट नृत्य प्रस्तुत गरेर भरपुर मनोरन्जन दिलाएका थिए ।
कार्यक्रममा अथितिहरुको उपस्थितिलाई धन्यवाद, कार्यक्रम सफल पार्न प्रत्यक्ष-अप्रत्यक्ष साथ सहयोग गर्ने सबै महानुभावहरुलाई धन्यवाद दिँदै अध्यक्ष शान्ति लिम्बुले समापन गरेकी थिइन् ।

शान्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङले स्वागत मन्तव्य राखेका थिए भने महासचिव लाहाङ चेम्जोङले सन्चालन गरेका थिए । कार्यक्रमको दोस्रो चरण सांस्कृतिक कार्यक्रम मोडेल एवं गायिका पारु राईले संचालन गरेकी थिइन् ।







