- जय तामाङ
सुइन्डन ३१ अगस्ट २०२५ । नेपाली समाज विल्टशायरको आयोजनामा चौथो नेपाली सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
आइतबार अगस्ट ३१ तारिखमा सुइन्डस्थित फारिङ्ग्डन पार्कमा नेपाली समाज विल्टशायरका अध्यक्ष रञ्जन मल्लको अध्यक्षतामा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । सुइन्डन बरो काउन्सिलकी मेअर फे हवार्ड, नेपाली राजदूतावास लन्डनका उपनियोग प्रमुख बिपिन दुवाडी र असिस्टेन्ट चिफ कोन्स्टबेल इयान साउन्डरको प्रमुख आतिथ्यता थियो ।
विभिन्न जिल्लाहरुमा बसोबास गर्ने विभिन्न जातजातिका नेपालीहरुले आआफ्नो जातजातिले लगाउने मौलिक भेषभुषासहित परिचय दिएर मञ्चमा प्रदर्शन गरेका थिए ।
उक्त कार्यक्रमका संयोजन नेपाली समाज विल्टशायरका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार ज्ञानप्रसाद गुरुङले गरेका थिए । दिनको १२ बजेदेखि प्रारम्भ भएको कार्यक्रमा विभिन्न संघसंस्थाका पदाधिकारीहरु अतिथिको रुपमा उपस्थित रहेका थिए ।
विभिन्न प्रकारका नेपाली खाने कुराहरुको स्टलहरुदेखि विभिन्न प्रकारका नेपाली सामानहरुको दोकानहरुले पार्क भरिभराउ भएका थिए । स्थानीय कलाकारहरुले आआफ्नो केही प्रस्तुति दिएर कार्यक्रमलाई थप रौनक बनाएका थिए ।
कार्यक्रमको अन्त्यमा संयोजक गुरुङले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने समाजका सम्पूर्ण कार्यसमितिका सदस्यलगायत सम्पूर्ण प्रायोजकहरुलाई धन्यवाद दिएका थिए ।
x 






