नेम्बाङ समाज सेवा यूकेको ६ सेप्टेम्बरमा वार्षिक भेटघाट, निरन्ताको बेजोड प्रस्तुति रहने

SHARE:

लन्डन १ सेप्टेम्बर २०२५ । नेम्बाङ समाज सेवा यूकेको सेप्टेम्बर ६ तारिखमा वार्षिक भेटघाट कार्यक्रम हुँदै छ ।

सांगीतिक कार्यक्रमसहित ह्याम्सायर फानबोरोस्थित ग्रेन्ज कम्युनिटी जुनियर स्कुलमा शनिबारका दिन भेटघाट हुन लागेको अध्यक्ष मोहन नेम्बाङले जानकारी दिए । कार्यक्रम मध्याह्न १२ बजेदेखि राति ९ बजेसम्म हुने छ ।

कार्यक्रममा नेपालबाट आएकी गायिका निरन्ता नेम्बाङ प्रस्तुति दिन सहभागी हुनेछिन् । निरन्ताले दर्जनभन्दा बढी पुर्बेली लोकभाका र दुई सय हाराबारीमा लिम्बु पालाम रेकर्ड गरिसकेकी छन् । उनले यस पटक बेलायत भ्रमणका क्रममा दर्जनभन्दा बढी संघसंस्थाहरुको कार्यक्रममा प्रस्तुति दिइसकेकी छन् ।

भेटघाट कार्यक्रम विभिन्न सांस्कृतिक प्रस्तुति र डिनरसहित भव्य रुपमा मनाइने सचिव लक्ष्मी नेम्बाङले जानकारी दिए । कोषाध्यक्ष धनकुमार नेम्बाङले बेलायतमा कार्यक्रम स्थल बुक पाउन मु्स्किल हुने भएकोले अहिले नै हल बुक गरिसकिएको बताए ।

नेम्बाङ समाज युकेले बेलायतभर रहेका नेम्बाङ दाजुभाइ, दिदीबहिनी तथा परिवारलाई भेटघाट कार्यक्रमलाई ऐतिहासिक र भव्यरुपमा सफल बनाउन अनिवार्य उपस्थिति हुन निमन्त्रणासमेत गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!