तमुधीं यूकेका महासचिव डा. विशाल गुरुङ, व्यवसायी पुरन गिरी सम्मानित, संस्थागतमा चारभन्ज्याङ तमु समाज उत्कृष्ट

SHARE:


लन्डन १ सेप्टेम्बर २०२५ । तमुधीं यूकेका महासचिव डा. विशाल गुरुङ र एम्पायर हलका म्यानेजिङ डाइरेक्टर तथा समाजसेवी पुरन गिरी सम्मानित भएका छन् ।

बेलायतबाट संचालित नेपालब्रिटेन डट कम अनलाइनले १८ औं वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा डा. गुरुङ, व्यवसायी तथा समाजसेवी गिरीसहित उत्कृष्ट १० जनालाई ‘मिडिया पर्सनालिटी अफ द इयर २०२५’बाट सम्मान गरेको हो । सम्मानित हुने अन्यमा डा. रक्षा थापा, सुनिलबाबु खड्का,दिवाकर पाण्डे, डा. दिलिसा सिंखडा, रुवी रावत, महेश अधिकारी र रण केसी छन् ।

डा गुरुङ र व्यवसायी गिरीले आआफ्नो पेसाको अलावा नेपाल र बेलायतमा सामाजिक सेवामा उल्लेखनीय योगदान दिएको भन्दै १० उत्कृष्ट व्यक्तिको सूचीमा राखेर उक्त अनलाइनले सम्मान गरेको जनाइएको छ ।

यसैबीच उक्त अनलाइनले बेलायतमा वर्षकै उत्कृष्ट सामाजिक संस्थाको रुपमा चार भन्ज्याङ तमु समाज यूकेलाई सम्मान गरेको छ । चार भन्ज्याङ तमु समाज यूके गैरराजनीतिक, गैरधार्मिक, बेलायतको च्यारिटी कमिसनमा दर्ता भएको एक स्वतन्त्र संस्था हो ।

पर्वत जिल्ला फलेवास नगरपालिका अन्तर्गतका ठानामौला, भंगरा र महाशिला गाउँपालिकाअन्तर्गत लामे र दाद्रा गाउँबाट बेलायतका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका गुरुङहरूले परम्परागत पालन गर्दै आएका मौलिक रीतिरिवाज, धर्म, संस्कार र संस्कृतिहरुको संरक्षण तथा सम्बर्द्धन गर्न, साथै सामाजिक, सांस्कृतिक, आर्थिक, भौतिक, शैक्षिक तथा बौद्धिक विकासका लागि अपरिहार्य एक सामाजिक संस्थाको आवश्यकता महसुस भएकाले ई.सं. २७ मे २००७ (वि.सं. २०६४) सालमा चार भन्ज्याङ तमु समाज यू.के. को स्थापना भएको हो ।

चार भन्ज्याङ तमु समाजका सबै जनशक्तिहरूलाई एकीकृत गर्ने, पारस्परिक सहयोग, समझदारी र भावनात्मक एकता कायम गर्ने, युवापुस्तालाई समाज र देश विकासप्रति उत्प्रेरित गर्ने, चार भन्ज्याङ क्षेत्र विकास परियोजनाका मूल उद्देश्यहरू — शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र वातावरण — तथा चौतर्फी विकास गर्न विभिन्न उपलब्धिमूलक कार्यक्रमहरू सञ्चालन गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूसँग सम्बन्ध कायम गर्ने कार्य गर्दै आएको छ ।

नेपालब्रिटेन डट कमको वार्षिकोत्सव बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  चिरन्जीवी ढकालको  अध्यक्षतामा भएको कार्यक्रम देवी गौतमले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!